सागर राज तिमिल्सिना
पोखरा/
एनेकपा माओवादी नेत्तृवको ३० दलिय मोर्चा, नेकपा–माओवादी र पदमरत्न तुलाधर नेत्तृवको आदिवासी जनजाती आन्दोलनको मोर्चाले गरेको बन्दका कारण पोखरामा पनि जनजिवन प्रभावित भएको छ । बन्दकर्ताले पोखरामा दुईवटा बसमा आगजनी गरेको छन् भने आधा दर्जन भन्दा बढि सवारी साधनमा तोडफोड गरेका छन् ।
पोखारको प्रस्याङमा ग१ज २९५९ नम्बरको माइक्रो बस र पोखराको फिर्केमा ग१झ २९६१ नगरबसमा आगजनी गरेका छन् । माइक्रो बन्दकताले लगाएको आगोको कारण जलेर ध्वस्त भएको छ । विहान साढे पाचँ बजे नै ग्यारेजमा लैजादै गर्दा पाचँ जनाको समुहमा आएका युवाले पेट्रोल छर्केर आगो लगाएको चालक विर बहादुर कार्कीले बताएका छन् ।
त्यसै गरि आगजनीबाट सिटि बसको सीट जलेर नष्ट भएको छ भने छतमा पनि सामान्य क्षती भएको छ । यसैबीच पोखराको पृथ्वीचोकमा पनि एउटा बसमा तोडफोड भएको छ । धरानबाट पोखरा आएको बसले पृथ्वीचोक नजिक सामान झार्दै गर्दा ना १ ख ७६८८ नम्बरको बसलाई बन्दकर्ताले तोडफोड गरेका हुन् ।
यस्तै पृथ्वीचोकमै एउटा मोटरसाईकलमा पनि तोडफोड भएको छ । घरायसी कामका लागि बजारमा निस्किँदै गर्दा बा ३५ प २१९८ नम्बरको मोटरसाईललाई पृथ्वीचोक नजिक बन्दकर्ताले रोकेर तोडफोड गरेका कास्की प्रहरीले जनाएको छ ।
सृजनाचोकमा ना५ख ५ नम्बरको ट्रक, मालेपाटनमा एउटा मोटर साइकल र भेनमा पनि तोडफोड भएको प्रहरीले जानकारी दिए । बस आगजनी गर्नेको खोजी भैरहेको कास्की प्रहरीका प्रमुख बसन्त लामाले जानकारी दिए ।
बन्दका कारण पोखरा र आसपासको क्षेत्र सबै पसल, उद्योग, सवारी साधन, विद्यालय, कलेज सबै ठप्प छन् । बन्द गराउन आन्दोलनकारी चोकचोकमा बसेका छन् । बन्दकर्ताले पर्यटक वोक्ने गाडी तथा प्रेसका सवारी साधन भने चल्न दिएका छन ।
तस्विर ः नवराज कोइराला र विज्ञान कोइराला