लेखनाथ /
एघारौं संस्करणको लेखनाथ महोत्सव २० करोड रुपैयाको कारोबार गर्दै सोमबार देखी सकिएको छ । मंसिर १८ गते देखी शुरु भएको महोत्सवमा ३ लाख ३० हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवको समापन गर्दै, क्षेत्रिय प्रशासक दिनेश कुमार थपलियाले आर्थिक समृद्धिका लागि महोत्सव कोशेढुंगा सावित भएको उल्लेख गर्नु भयो । उहाँले १२ दिनको अवधिमा झण्डै २० करोड रुपैयाको कारोबारले स्थिर पूँजिलाई चलायमान बनाएको बताउनु । स्थानीय उत्पादनको प्रवद्र्धनमा जोड दिएको महोत्सवले लघु उद्यमशिलतालाई टेवा दिएको समेत उल्लेख गर्नु भयो । लेखनाथलाई पर्यटकीय शहरका रुपमा विकास गर्नका लागि विस्तृत योजना बनाएर आउन सुझाव दिदै, क्षेत्रिय प्रशासक थपलियाले त्यसका सहयोग गर्न तयार रहेको उल्लेख गर्नु भयो ।
संघका अध्यक्ष बाबुराम गिरीले लेखनाथका सम्पूर्ण संघसंस्थाको सहयोगले महोत्सव ऐतिहासिक भएको उल्लेख गर्नु भयो । उहाँले कृषिजन्य उत्पादनको बजार प्रवद्र्धनका लागि महोत्सव सफल भएको बताउनु भयो ।
महोत्सव समापनका अवसरमा विभिन्न व्यक्ति तथा संघसंस्था र उत्कृष्ट स्टलहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
महोत्सवमा आदीवासी तथा जनजातीको र्यालीमा स्याङजाली तमु समाज लेखनाथ प्रथम भएको छ । यसैगरी धौलागिरी पुन मगर समाज लेखनाथ द्धितिय, क्षत्री समाज लेखनाथ नगरसमिति तृतिय तथा संयुक्त भू.पू सैनिक क्लव लेखनाथ सान्तवना भएको छ ।
लेखनाथबाट गायन, खेलकुद, नृत्य, बाद्यबाधन लगायतका विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्न सफल व्यक्तिहरुलाई सम्मान गरिएको थियो । यसैगरी गायक तारापति सुवेदी, चन्द्र शर्मा, जीवन दाहाल र शिवहरि ढुंगानालाई गायनको क्षेत्रबाट महोत्सवलाई सहयोग गरेको भन्दै सम्मान गरिएको बरिष्ठ उद्घोषक नेत्रपाणि बास्तोलाले जानकारी दिए । महोत्सवमा विभिन्न विधामा उत्कृष्ट स्टलहरुलाई पुरस्कृत गरिएको थियो । अटो तर्फ एल आई मोटर्स प्रा.लि, संघ संस्था तर्फ युनाईटेड रिपरेन्स ल्यावरोटरी, मेशिनरी तर्फ राप्त टे«डिङ कम्पनी प्रा.लि उत्कृष्ट भएका छन् ।
यसैगरी लेखनाथ पेभेलियनतर्फ विज्ञ फ्रेस एण्ड फ्राइज हाउस, हस्तकला तर्फ जय सन्तोषी मुर्तिकला केन्द्र, साधारण तर्फ ग्रिन व्लथ इन्डिष्ट्रिज, गार्मेन्ट तर्फ बड्गामी स्टोर्स, डेरी तर्फ सफल डेरी, फुडफेस्टि तर्फ बाजेको सेकुवा, कृषित र्फ लिवर्ड विउविजन, कृषि प्रदर्शनी तर्फ एग्रिकल्चर प्रोडक्ट एण्ड मार्केटिङ सेन्टर प्रा.लि र कृषि सहकारी माझठाना उत्कृष्ट भएका छन् ।
महोत्सव अवलोकन गरेका दर्शक मध्ये प्रवेश टिकट नं. २६५८१ लाई सिटी डेभलपमेन्ट वैंकले पुरस्कार प्रदान गरेको छ ।
संघका अध्यक्ष बाबुराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
गण्डकी तारामा थुमाको डाँडाकी आरती प्रथम
लेखनाथ महोत्सवको विशेष आकर्षण लुकेको प्रतिभाको खोजी अभियान अन्र्तगत गायन विधाको गण्डकी ताराको उपाधि आरती सापकोटाले जितेकी छन् । कास्कीको थुमाको डाँडा घर भएकी सापकोटाले उपाधि सँगै नगद ५० हजार रुपैया हात पारेकी छन् । यसैगरी लेखनाथ नगरपालिका वडा नं. १५ का दिपक वि.क उपविजेता बनेका छन् । उनले २५ हजार नगद प्राप्त गरेका छन् । स्याङजा ओरष्टेका सुविन सेन्चुरी तेश्रो र लेखनाथका दिपेश पुन सान्तवना भएका छन् । सेन्चुरी र पुनले १० र ५ हजार रुपैया प्राप्त गरेका छन् । एक सय जना प्रतिस्पर्धीलाई पछाडी पार्दै फाइनलमा चार जना पुगेका थिए ।