पोखराको होटल फेवा प्रिन्स, रोयल प्यालेस रिसोर्टको नामबाट सञ्चालन हुने


 

पोखरा /पोखराको चाउथेमा सन्चालन भैरहेको फेवा प्रिन्स होटल अबदेखि रोयल प्यालेस रिसोर्ट तथा स्पाको नामबाट सञ्चालनमा आउने भएको छ । होटलमा आउने पर्यटकहरुलाई विभिन्न सेवा सुविधा दिने उद्देश्यका एक महिनापछि पूर्ण रुपमा नयाँ सन्चालक र व्यवस्थापन सहित सञ्चालनमा आउन लागेको हो ।
होटल फेवा प्रिन्समा नयाँ सन्चालक, रोयल प्यालेस रिसोर्टको नामबाट सञ्चालन हुने
विगत १८ वर्षदेखि पोखराको चाउथेमा सञ्चालित होटल फेवा प्रिन्समा नयाँ लगानी कर्ताहरुले करिब १० करोडको लगानीमा रोयल प्यालेस रिसोर्ट तथा स्पाको नामबाट थप सेवा सहित सञ्चालनमा ल्याउन लागिएको हो । चितवनमा रहेको रोयल सेन्चुरीका सन्चालक गणेश कुमार श्रेष्ठ, हेम नारायण श्रेष्ठ, जितेश श्रेष्ठ र २ जना व्यवसायी सहितको टिमले असोज १ गते होटललाई नयाँ व्यवस्थापन सहित सन्चालनमा ल्याएका हुन ।

नयाँ व्यवस्थापन पक्षले पोखरामा शुुक्रबार पत्रकार सम्मेलन गरी आफुहरुले होटल खरिद गरी असोज १ गतदेखि स्वामित्व लिएको जानकारी दिएको छ । वि .सं . २०५३ सालमा नेपाली उद्यमी र जापानको संयुक्त लगानीमा स्थापित होटलको कार्यकारी अध्यक्षमा गणेशकुमार श्रेष्ठ, प्रवन्ध निर्देशकमा सुभाष प्रधान र निर्देशकमा हेमनारायण श्रेष्ठ रहेका छन् । चुनौतीसँग जुध्दै गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ पोखरामा होटल सञ्चालन गरेको सन्चालकहरु बताउ छन् ।

२६ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा ३१ वटा वातानुकुलित डिलक्स शयन कोठाहरु रहेका छन् । त्यस्तै होटलमा ७० वटा सिट क्षमता भएको अन्नपूर्र्ण रेष्टुरेन्ट र तीनवटा वैठक हलहरु रहेका छन् । गोर्खा दरवार हलमा १ सय ८० , साकुरा हलमा ६० जना र रुपा हलमा २५ जना अट्न सक्ने सभाहल रहेका छन् । स्विमिङ पुल, प्रशस्त हरियाली सहितको गार्डेन, प्रशस्त पाकिङ गर्ने ठाउ, विवाह, व्रतवन्ध, भोज, गोष्ठी, सेमिनारको लागि उपयुुक्त वातावरण अध्यक्ष गणेश कुमार श्रेष्ठ  जानकारी दिए ।

रिसोर्टमा रहेका डिलक्स शय कोठाहरुवाट माछापुच्छ«े, धौलागिरी, अन्नपूर्ण, र हिमचुली हिमालयनका श्रृङंखलाहरु देख्न पाईन्छ । रिसोर्टमा निकट भविष्यमा स्पा र मसाज, जिम हाल, जुम्वा,चारसय देखि पांचसय क्षमता भएको वातानुकुलित सभाहल वनाउने लक्ष्य रहेको ब्यवस्थापनले जनाएको छ । दुई वर्र्षभित्र कोठाको संख्या दोब्बर बढाएर साठि पु¥याउने लक्ष्य रहेको छ । पाँचवर्र्ष भित्र सेवा विस्तार गरी लुम्विनीको मधुवनीमा रोयल लोटस गार्डेन रिसोर्ट र चितवनको सौराहामा रोयल जंगली भिलेस वनाउने उद्देश्य रहेको छ ।