अभियानको चौथो दिन ¥याली


पोखरा, २९ भदौ

पोखरामा शुरु भएको १५ दिने लागु औषध नियन्त्रण अभियानको चौथो दिन शनिवार पोखरामा सचेतनामुलक ¥याली निकालिएको छ।

पोखराको लामाचौरस्थित इञ्जिनियरिड्ड क्याम्पसको गेटबाट सुरु भएको ¥याली लामाचौर चोकमा पुगि सभामा परिणत भएको थियो। सभामा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक केदार रजौरेले लागु औषध नियन्त्रणमा सरोकारवालाहरुको भुमिका महत्वपुर्ण हुने बताए । ¥यालीमा स्थानिय विन्ध्यवासिनी उच्च मा. वि., जातिय संङघ÷संस्था, वडा नम्बर १६ का आमा समूह, वडा प्रहरी कार्यालय बगर, रामबजार, लागुऔषध नियन्त्रण व्युरो, जिल्ला प्रहरी कार्यालय कास्की, क्लव र स्थानीयहरुको सहभागी रहेको थियो ।

त्यसअवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक नमराज भटट्राई,लागुऔषध नियन्त्रण तथा समाज सुधार आमा समुहकी अध्यक्ष शान्तिदेवी गुरुङ्ग, कम्युनिटी सर्पोट ग्रुपका कार्यकारी निर्देशक दिलिप गुरुङ्ग, लागु औषध नियन्त्रण तथा समाज सुधार समुहका सचिव विष्णु गुरुङ्ग लगायतले बोलेका थिए। समाजमा दिनप्रतिदिन बढ्दै गइरहेको लागु औषधको प्रयोग र लागु औषध ओसारपोसारलाई नियन्त्रण गर्ने उदेश्यले बुधबारदेखि १५ दिने अभियान शुरु भएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीले शुरु गरेको अभियानलाई रिकभरिङ्ग नेपाल, सामुदायिक प्रहरी सेवा केन्द्र, लागु औषध नियन्त्रण तथा समाज सुधार आमा समुह, लागु औषध नियन्त्रण इकाई र नेपाल पत्रकार महासङ्घ कास्कीले सहयोग गरिरहेका छन्। अभियानका क्रममा ¥याली प्रदर्शन गरिने, घरदैलो गरिने, सम्वेदनशिल क्षेत्रमा सुरक्षाकर्मीको चेकजाँचलाई तीव्र पारिने र संचारमाध्यमबाट प्रचारात्मक कार्यक्रम गरिने छ।