रामघाट बालुवा खानी मजदूर समितिले ज्ञापन बुझाउँदै


पोखरा, २७ भदौ

रामघाट बालुवा खानी मजदूर समितिले बालुवा बोक्न पाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा आज शुक्रबार ज्ञापनपत्र बुझाउँदैछ । मजदुरहरुले खानीमा लगाईएको बालुवा तथा गिटी बोक्ने प्रतिबन्ध हटाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाउने भएका हुन् ।
सेती नदिबाट बालुवा तथा गिटी निकाल्न नपाएपछि हजारौं मजदूरहरु मारमा परेका छन् । रामघाट लगायतका घाटबाट बालुवा बोकेर जिविका चलाउँदै आएका मजदुरको काम करिव एकमहिनादेखि ठप्प छ । समितिका कोषाध्यक्ष मनोज रसाइलीले प्रतिबन्ध फुकुवा हुनुपर्ने माग सहित ज्ञापनपत्र बुझाउन लागिएको बताए ।
उनले मजदुर तथा व्यवसायीको ¥याली आज बिहान १० बजे सिर्जनाचोँकबाट निकालिने बताए । देशका विभिन्न खानीमा लगाईएको खानीको प्रतिबन्ध हटेको अवस्थामा कास्कीमा पनि हटाउनुपर्ने माग रहेको रसाइलीले बताए ।
सेती नदिमा लगाईएको गिटि बालुवा उठाउन नपाइने प्रतिबन्ध छिटोभन्दा छिटो हटाउन बालुवा खानीका मजदुरले पहिलादेखि नै माग गरेका छन् । अनियन्त्रित तवरले बालुवा निकाल्दा वातावरणमा असर पु¥याएको भन्दै जिल्ला विकास समितिले साउन महिनामा प्रतिबन्ध लगाएपछि मजदुरहरुले रोजीरोटीको समस्या भएको भन्दै हटाउनुपर्ने माग मजदुरको छ ।
कास्कीमा ३० वटा बालुवा गिटि निकाल्ने घाट छन् । जहाँ झण्डै ५० हजार भन्दा बढि मजदुरले काम गर्ने रसाइलीले बताए । रामघाटमा झण्डै १५ हजार बालुवा बोक्ने मजदुरहरु रहेको समितिका कोषाध्यक्ष मनोज रसाइलीले बताए । ‘रामघाटमा मात्र १५ हजार भन्दा बढि मजदूर बालुवा बोकेर बाँचेका छन्’ उनले भने, ‘छिटोभन्दा छिटो काम गर्ने वातावरण बनाइनु पर्छ होइन भने यी मजदुरलाइ बैकल्पिक रोजगारको व्यवस्था गर्नुपर्छ ।’