लण्डन ,
तस्बिर- मिलन शर्मा
तमुधि यूकेको आयोजनामा लण्डनमा नेपाली मेला २०१४ शुरु भएको छ ।
बेलायतवासी नेपाली समूदायलाई उत्साहपूर्वक मेलामा सहभागीता रहेको मेलामा बेलायतमा रहेका संघसंस्थाले आ-आफ्नो कला संस्कृति झल्कने झााकी समेत प्रस्तुत गरेका छन्।
बेलायतका लागि नेपाली कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा भएको मेलामा स्थानीय मेयर तथा संासद समेत सहभागीता जनाएका छन्।

प्रवेश शुल्क ५ पाउण्ड रहेको मेलामा करिब १० हजार जतिको सहभागिता रहेको मेला स्थलबाट पत्राकार मिलन शर्माले नेपाली नेपाली डटकम लाई जानकारी दिएका छन्। बेलायतस्थित नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्याएका एकजना समाजसेवीलाई नेपाली मेला अवार्ड २०१४ ले सम्मान गरिदै छ।

विशेष सांगीतिक कार्यक्रम पनि प्रस्तुत भईरहेको मेलालाई बीबीसी नेपाली सेवा, रेडियो कान्तिपुर, नेपाली टिभी युके, एभरेष्ट टाइम्स डट नेटले प्रत्यक्ष प्रसारण गरि रहेका छन् । मेलाबाट जम्मा भएको रकम हालै नेपालको सुनकोशी नदीमा आएको बाढी पीडितका लागि सहयोग गर्ने तमुधि युकेले जनाएको छ।






