नव आगन्तुक प्रहरी निरिक्षक क्षेत्रीलाई स्वागत


पोखरा २५ साउन-
वडा प्रहरी कार्यलय बगरका प्रमुख नव आगन्तुक प्रहरी निरिक्षक तथा जन प्रहरी समन्वय समिति पोखरा ३ नदिपरका सचिव अम्वरबहादुर थापा क्षेत्रीलाई  एक कार्यक्रमका विच स्वागत गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मेजर चन्द्रबहादुर पुन,समितिका अध्यक्ष विष्णु शंकर ख्वाँउजु, अस्थायी प्रहरी विट नदिपुरका प्रहरी हवलदार हेम बहादुर क्षेत्री लगायतले फुल माला र खादा ओढायर प्रहरी निरिक्षक क्षेत्रीलाई सम्मान गर्नुंभएको थियो ।
कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक क्षेत्रीले राजनितिक दवावमा आएर कुनै पनि अपराधिलाई नछाडने बताउनु भयो । उहाँले शान्ति सुरक्षा चुस्त राख्न कुनै कसर वाँकी नराख्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पुनले नवआगन्तुक प्रहरी निरिक्षक क्षेत्रीलाई कार्यकालको सुभकामना दिनै शान्ति सुरक्षा चुस्त राख्न सुझाव दिनु भयो ।
अस्थायी प्रहरी विट नदिपुरका प्रहरी हवलदार क्षेत्रीले शान्ति सुरक्षा चुस्त राख्न कुनै कसर बाँकी नराखेको बताउदै अपराध नियन्त्रणमा अझै चनाखो रहने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा बोल्ने सहभागीहरुले प्रहरी हवलदार क्षेत्रीले उपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निभाएको बताउदै सफलताको कामना गरेका थिए ।
समितिका अध्यक्ष विष्णु शंकर ख्वाँउजुको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
Like