रमेश गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन


पोखरा २५ साउन –
पोखरा बस ब्यवसायी समितिको २२ औँ साधारण तथा १२ औँ अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

सर्वसम्मत रुपमा चयन भएको समितिको वरिष्ठ उपाध्यक्षमा देउप्रसाद गुरुङ, उपाध्यक्षमा क्षेत्रबहादुर राना, सचिवमा अमृत शर्मा तिमिल्सिना, सहसचिवमा देवीप्रसाद कुइकेल र कोषाध्यक्षमा चन्द्रमान गुरुङ रहनु भएको छ ।

सदस्यहरुमा पदम बहादुर केसी, रामकृष्ण भण्डारी, इश्वर गुरुङ, सिता गुरुङ, गोविन्दबहादुर थापा, पवित्रमणि अधिकारी र नविनराज बराल रहनु भएको छ ।
साथै निर्वाचन समितिका संयोजक अधिवत्ता दामोदर अधिकारीले नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्ण पदाधीकारी एवं सदस्यहरुलाई सपथ ग्रहण समेत गराउनु भएको छ ।