पोखरा – बढदो ट्राफिक जामलाई ब्यवस्थापन गर्ने उद्देश्यले पोखरा लेखनाथ महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई २ सय ९५ वटा हिलबटेक(कोन) हस्तान्तरण गरेको छ । पृथ्वीचोकमा आयोजना गरिएको एक कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकका उपप्रमुख मञ्जुदेवी गुरुङले जिल्ला ट्राफिक कार्यालयका कास्कीका प्रमुख ऐन बहादुर मल्लाई कोन हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरणपछि बोल्दै उपप्रमुख गुरुङले पोखराका मुख्यचोकहरुको टाफिक जाम र टाफिक लेनलाई ब्यवस्थित गर्न कोन उपलब्ध गराईको बताउनुभयो । पोखरामा बढदो टाफिक जामलाई ब्वस्थापन गर्न सहजहोस भन्ने उद्देश्यले कोन उपलब्ध गराएका छौ उहाँले भन्नुभयो । उहाँले पोखराका मुख्यचोकहरुमा हुने ट्राफिक जाम ब्यवस्थापनमा केही सहजता आउने विश्वास गरेका छौ ।
गुरुङले ट्राफिक जाम र जथाभावी पार्किङले शहर अस्तब्यस्त बन्दै गएको बताउदै यसलाइ ब्यवस्थापन गर्न महानगरले सक्दो पहल गरिरहेको बताउनुभयो । उहाँले फुटपाथमा पार्किङ हटाउने अभियानमा महानगर लागेको बताउदै त्यसबाट केही ठाँउमा समस्या देखिएको र त्यसलाई बैकल्पिक ब्यवस्थाको खोजी भैरहेको बताउनुभयो ।
जिल्ला ट्राफिक कार्यालयका प्रमुख ऐनबहादुर मल्लले सवारी दुर्घटनामा यसले महत्वपुर्ण भुमिका खेल्ने बताउदै महानगरले सडक ब्यवस्थापनका लागी गरेको हिलटेक कोनको सहयोग प्रशंसा गदै, यसलाइ सुरक्षित र ब्यवस्थित तरिकाले प्रयोग गर्ने बताउनुभयो । उहाँले कोन पोखराका मुख्यचोकहरुमा ट्राफिक ब्यवस्थापन गर्न प्रयोग गरिने बताउनुभयो । मल्ले सवारी आवागमन शुचारु गर्न जथाभावी सवारी मोडनेलाइ लाइ निश्चित दिशा तर्फ मोडर्न बाध्य बनाउन कोनले ब्यवस्थापन गर्ने बताउनुभयो ।