प्रदेश नं. ४ मा नेकपा एमालेका रामबहादुर थापाको उमेद्वारी रद्द


पोखरा – प्रदेश नं. ४ मा नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अपागं समुहबाट उम्मेदवारि दिएका रामबहादुर थापाको उम्मेदवारी रद्द भएको छ ! उनको उम्मेदवारी रद्द सँगै राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ४ नम्बर प्रदेशबाट अपांगतर्फ नेपाली काग्रेसका उमेद्वार प्रकाश पन्थ बिजयी भएका छन् । थापाको उमेद्वारी निर्वाचन कार्यालयले रद्द गरेको हो । पन्थको विजयी घोषणा हुन भने बाँकी छ ।

रामबहादुर थापाको अपांगताको परिचयपत्र समय अवधी सकिएको र नयाँ परिचयपत्र उमेद्वारी दर्ताको दिनको भए पछि उनको उमेद्वारी निर्वाचन कार्यालय खारेज गरेको क्षेत्रिय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुबेदीले जानकारी दिए ।

प्रदेश नम्बर ४ मा ८ जना सदस्यका लागि १२ जनाको उमेदारी परेको थियो । बाम गठबन्धनबाट ६ जना, नेपाली काग्रेसबाट ४ जना र राष्ट्रिय जनमोर्चाबाट २ जनाले दर्ता गरेका थिए । मनोनयन दर्ता गर्नेहरुमा वाम गठबन्धनबाट खुलातर्फ एमालेका गणेश प्रसाद तिमिल्सिना र माओवादी केन्द्रबाट दीननाथ शर्मा, महिलातर्फ एमालेकी दीपा गुरुङ, एमालेकी शान्ति अधिकारी र दलिततर्फ माओवादी केन्द्रका खिमबहादुर बिक रहेका छन् ।

त्यसै गरि नेपाली काँग्रेसबाट खुलातर्फ सुरेन्द्रराज पाण्डे, महिलातर्फ विन्दा देवी रानामगर र दलिततर्फ जितबहादुर नेपालीले मनोनयन दर्ता गरेका छन् । यसै गरि राष्ट्रिय जनमोर्चाबाट खुलातर्फ कृष्ण अधिकारी र महिलातर्फ मीना पुन रहेका छन् । प्रदेश सभाका ६० र स्थानिय निकायका प्रमुख र उपप्रमुख १ सय ७० गरि २ सय ३० जना मतदाता रहेका छन् ।