पोखरा – कास्कीबाट ७ जना शहिदको सूचीमा सूचीकृत भएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाको प्रश्तावमा मन्त्रीपरिषद् बैठकले ७ जना शहिदको सूचीमा सूचीकृत गरेको छ ।
यसरी शहिदको सूचीमा सूचीकृत हुनेहरुमा साविक सल्यान गाविसका कृष्णबहादुर गुरुङ, साविक घान्द्रुक गाविसका ईश्वर गुरुङ, साविक माछापुच्छ्रे गाविसका टेकबहादुर गुरुङ र पूर्णबहादुर भुजेल, साविक मिजुरेडाँडा गाविसका सुबेदार रतनसिंह गुरुङ, साविक लेखनाथ नगरपालिका ५ का चन्द्बहादुर राजभाट र साविक हंसपुर गाविसका पशुपति रानाभाट रहेका छन् । सशस्त्र द्धन्द्धका बेला उनीहरुलाई विभिन्न समयमा मारिएका थिए ।
यसैगरी २०१८ सालमा मारिएका ल्वाङ घलेलका हरी प्रसाद गुरुङलाई पनि शहीद घोषणा गरिएको कानुनमन्त्री थापाले जानकारी दिए । उनलाई पञ्चायतकालमा मारिएका थिए ।