काठमाण्डौ – आउँदो माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत तोकेको छ।
आयोगले बिहिबार प्रकाशित गरेको सूचनामा ७ जना निर्वाचन अधिकृत तोकेको उल्लेख छ।
आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरेको जानकारी दिएको हो। बिहिबारदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले बताएको छ।
आयोगले १ नम्बर प्रदेशमा राजुकुमार खतिवडा, प्रदेश २ मा राधाकृष्ण उप्रेती, प्रदेश ३ मा बालमुकुन्द दवाडी, प्रदेश ४ मा दीपेन्द्र अधिकारी, प्रदेश ५ मा हेमन्त रावल, प्रदेश ६ मेदिनीप्रसाद पौडेल र प्रदेश ७ मा जयानन्द पनेरुलाई तोकेको छ।