पोखरा – नेकपा एमालेका प्रभावशाली नेता किरण गुरुङले पटक पटक वहुमतको सरकारको नेतृत्व गर्ने अवसरलाई देश र जनताको हितमा लागु गर्ने नसक्ने काँग्रेसलाई अव पनि जनताले भोट हाल्नु कुनै अर्थ नभएको वताएका छन् ।
“प्रजातन्त्र स्थापना र वहुदलिय व्यवस्थापछि पनि काँग्रेसले पटक पटक वहुमतको सरकार वनाउने अवसर पायो । तर यो विचमा काँग्रेसले जनताले अनुभव गर्ने कुनै पनि काम गरेन। मात्र देशमा अस्थिरता र अशान्ति मात्र काँग्रेस ल्यायो ” नेता गुरुङले भने“ पाएको अवसरलाई सदुपयोग नगर्ने काँग्रेसको अव भने पालो सकियो । संघ, प्रदेश र केन्द्र तीनै तहमा वामपन्थीको सरकार वन्छ।”
संयुक्त निर्वाचन परिचालन कमिटि माछापुच्छ्रे वडा नं १ र ३ को संयुक्त चुनावीसभामा वोल्दै पूर्व मन्त्री समेत रहेका नेता गुरुङले काँग्रेसले जित्न सक्ने अवस्थानै नरहेको हुँदा काम गर्ने कुनै अवसर पनि नपाउने भएकोले आफ्नो मत खेर नफाल्न समेत स्थानीय जनताहरुलाई आग्रह गरे । अव देशको समृद्धि कम्युनिष्टहरुले मात्र गर्न सम्भव रहेको विचार गुरुङको छ ।
प्रतिनिधिसभाका उम्मेदवार जगत विश्वकर्माले देशको समृद्धि, विकास र जनतालाई सुखी र खुशी वनाउनुनै आफ्नो एकमात्र उदेश्य रहेको विचार राखे । प्रदेशसभाका उम्मेदवार रामजीप्रसाद वरालले घाचोक र माछापुच्छ«ेका धेरै टोलहरुमा कच्चीवाटो पुगेपनि त्यसलाई कालोपत्रे गर्ने र वडाहरुले ल्याएका योजनाहरुलाई कार्यान्वन गर्न आफु प्रतिवद्ध रहेको भनाई राखे । समानुपातिक उम्मेदवार तथा कास्की ३ का निर्वतमान सांसद सीता गिरी ओलीले विगतमा कम्युनिष्टहरुले जित्दा मात्र विकासका कामहरु शुभारम्भ भएकोले अव नयाँ विकास र वाँकी कामहरु पुरा गर्न पनि वामपन्थीहरुलेनै विजयी वन्नु पर्ने विचार राखिन् ।
नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष दामोदर वैरागीले कास्कीका ९ वटै सिटमा वाम गठवन्धनका उम्मेदवारहरु भारी मतले विजयी हुने दावी गरे । गाउँपालिकाका अध्यक्ष कर्णवहादुर गुरुङले गाउँपालिकाका सवै वडाहरुको समानुपातिक विकास र पालिकालाई नमुना गाउँपालिका वनाउने गरि योजनाहरु अघि वढेकोले ति योजनाहरु कार्यान्वन गर्न पनि प्रदेश र संघमा वापन्थीको सरकार चाहिने हुँदा वाम गठवन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे । युवा संघका केन्द्रीय सदस्य माधव वास्तोलाले युवाहरुलाई भड्काउने र प्रलोभनमा पारेर निर्वाचन जित्ने सपना नदेख्न नेपाली काँग्रेसलाई चेतावनी दिए । निर्वाचन परिचालन कमिटिका संयोजक दीपक पौडेलले काँग्रेसको चिप्ला र झुठा आश्वासनले अव जनता नफक्किने वताउँदै कम्युनिष्टको नेतृत्वमा देशको काँचुली फेरिने धारणा राखेका छन् ।
निर्वाचन परिचालन कमिटि १ का संयोजक आसकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत निर्वाचन परिचालन कमिटि क्षेत्र नं ३ का सहसंयोजक विष्णुवहादुर केसी तथा संचालन निर्वाचन परिचालन वडा नं ३ का संयोजक कमल भुजेलले गरेका थिए । चुनावीसभाको अवसरमा नेपाली काँग्रेसका टेकवहादुर नेपाली,राजेन्द्र श्रेष्ठ, अखण्डका नरवहादुर कार्की, टेकवहादुर रानामगर, गंगा जिसी नयाँ शक्ति पार्टीका मनवहादुर विक, नन्दलाल लम्साल लगायत दर्जनौँ व्यक्तिहरु वाम गठवन्धनमा प्रवेश गरे । नवप्रवेशीहरुलाई किरण गुरुङले टिका तथा माला लगाएर स्वागत गरेका छन् ।