यो लोकतन्त्रले जित्नैपर्ने चुनावहो : यज्ञबहादुर थापा


पोखरा – प्रचारप्रसार र घरदैलोको क्रममा कास्की निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत पर्ने पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० र १३ मा नेपाली काँग्रेसका उम्मेदवारहरु पुगेका छन् । प्रतिनीधि सभा उम्मेदवार यज्ञबहादुर थापा, प्रदेश ख काउम्मेदवार कृष्ण केसी र समानुपातिकउम्मेदवार रसकुमारी गुरुङ सो क्षेत्रमा नेपालीकाँग्रेसको पक्षमाभोट मागिरहेका छन् ।

प्रचारप्रसारको क्रममा घरदैलो समेत गरिरहेकाउम्मेदवारहरु आर्वाको डिहि भन्ने स्थानमाभने चुनावी सभामा सहभागीभए । त्यहाँआयोजितकार्यक्रममाबोल्दै उनीहरुले देशको पछिल्लो राजनीतिकअवस्थालाई हेर्दा काँग्रेसले चुनावजित्नैपर्ने स्थिती देखिएको बताए । काँग्रेसले चुनावमा पराजयब्यहोर्दा देश र संविधानखतरामा पर्ने अवस्थाआउन सक्नेमाउनीहरुले जनतालाई सचेत बनाए ।

प्रतिनीधिसभाउम्मेदवार यज्ञबहादुर थापाले नेपालीकाँग्रेस मात्रै संविधानकार्यान्वयन र सम्बृद्धिको नारा सहितचुनावमाहोमिएको बताए । ‘जब किप्रतिस्पर्धी गठबन्धन देशलाई अधिनायकबादतर्फ लैजाने खुलमखुल्लाउद्घोष गरिरहेका छन् ।’ उनले भने–‘त्यसैले जनताले यो विषयमाजान्न जरुरी छ ।’

त्यस्तै प्रदेश सभातर्फका उम्मेदवार कृष्ण केसीले विकासको काममाकाँग्रेस मात्रै कटिबद्ध भएर आएको दाबी गरे । उनले सो क्षेत्रमाकाँग्रेसको तर्फबाट आफू निर्वाचितभएसँगै विकासको गतिलाई तिव्रतादिने प्रष्ट पारे । उनले अहिले काँग्रेसमात्रनभई गैरकाँग्रेसी रहेकालोकतन्त्रबादीहरुले पनिनिर्वाचनमाकाँग्रेसलाई भोट हाल्नुपर्ने अवस्थाआएको उनले बताए ।

त्यस्तै समानुपातिकउम्मेदवार रसकुमारी गुरुङले ईतिहासदेखि नै नेपालीकाँग्रेस जनताको पक्षमावकालतगर्ने पार्टी भएको बताईन् । उनले अहिले संविधान र सम्बृद्धि अप्ठेरो अवस्था परेको अवस्थामा नेपालीकाँग्रेसलाई साथदिएर लामो समयको उपलब्धिलाई जनताले नै जोगाउनुपर्ने बेलाआएको बताईन् ।

त्यस्तै उताप्रदेश क तर्फबाट उम्मेदवारी दिएकाजीवन परियारले पनिआफ्नो निर्वाचन क्षेत्रमा पर्ने सम्पूर्ण क्षेत्रमापुगेर नेपालीकाँग्रेसको पक्षमाभोट मागिरहेका छन् ।

लोकप्रियबन्दै गुरु बराल

कास्की क्षेत्र नम्बर २ प्रदेश क तर्फकाउम्मेदवार गुरुप्रसाद बरालले यतिबेलानिर्मलपोखरीलाई केन्द्र बनाएर चुनावीप्रचारलाई तिव्रतादिएका छन् । आईतबारदेखि उनीनिर्मलपोखरी क्षेत्रकै आसपासमा पर्ने विभिन्नगाऊँहरुमापुगेर आफ्नो पक्षमाभोट मागेका छन् । सोमबार उनीनिर्मलपोखरीमा पर्ने फेदीपाटन, मासपाटन, कृस्तीको मनकामना, लेवार, खत्रीगाऊँ, मैदान, गिरीगाऊँलगाएतका ठाऊँमा घरदैलोमा सहभागीभए ।

प्रचारको क्रममा सो क्षेत्रकाबासिन्दाले बराललाई गुनासाहरु सुनाएकाथिए । मतदाताहरुले अघिल्ला निर्वाचितप्रतिनीधिप्रतिगुनासो पोख्दै उनीहरुले परिवर्तनको पक्षमा यो पटक भोट हाल्ने वचनदिए । गुरु बरालले पनिमतदाताहरुमाझआफू सेवकभएर कामगर्न आएको बताएकाथिए ।

प्रचारलाई फरक शैलीमा अगाडि बढाईरहेका बराललाई निर्मलपोखरीबासीले निकै साथदिईरहेका छन् । ‘निर्मलपोखरीबासीले म माथि एउटा खालको अपेक्षाराखेका छन् । र, साथदिने वचनपनिदिएका छन् ।’ उनले भने–‘निर्मलपोखरीबासीले म माथि देखाएको सदाशयताले मलाई थपउर्जावानबनाएको छ ।’

बरालले निर्मलपोखरी र त्यस क्षेत्रबासीसँगै आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मतदाताहरु लोकतन्त्र र सम्बृद्धिको पक्षमा देखिएको बताए । उनले नेपालीकाँग्रेसले स्थापना गरेको एजेण्डाप्रति जनचासो र आकर्षण बढि देखिएको बताए ।

बराललाई त्यस क्षेत्रकायुवाहरुले विशेष रुचाएका छन् । युवा नेतृत्व र उर्जाले विकास अनि सम्बृद्धि सम्भवभएको भन्दै यो पटक गैरकाँग्रेसी भएपनि बराललाई निर्वाचित गराउनपर्नेमायुवाहरुको विशेष जोड छ । प्रचारमापनिप्रविधिको उत्कृष्ट प्रयोग गरेर चर्चामाआईरहेका बरालजनतामाझपनिनिकै लोकप्रियबन्दै गएका छन् ।

भौतिकपूर्वाधारको विकासमाजोड दिन्छु ःशर्मा

कास्की क्षेत्र नम्बर ३ काप्रतिनीधिसभाउम्मेदवारशुक्रराजशर्माले भौतिकपूर्वाधारको विकासमाजोड दिने बताएका छन् । सोमबार पोखरा लेखनाथमहानगरपालिकाको पुम्दीभुम्दीआयोजनागरिएको मतदातासँगको भेटघाट कार्यक्रममाबोल्दै उनले विकासको पहिलो आधार भौतिकपूर्वाधारको विकासलाई आफुले प्रथमकितामा राखेको उल्लेख गरेकाहुन् ।

कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, खानेपानी, बाटोघाटोको राम्रो ब्यवस्थाले मात्रै मुलुक समृद्ध बन्न सक्ने उल्लेख गर्दै उनले यसको विकासकालागिआफुले योजनाबताएको सुनाए । ‘भौतिकपूर्वाधारको विकास गर्ने संकल्पलिएर हामितपाईहरु माझआएका छौं’ उम्मेदवार शर्माले भने, ‘एक्लो प्रयासले यो संभाव छैन, हामिलाई साथदिनुहोस् जनताको मुहार फेर्ने गरी परिवर्तन गरेर देखाउँछौ ।’ पुम्दीभुम्दीमाभौतिकपुर्वाधारको विकास अझै हुननसकेको उल्लेख गर्दै कांग्रेसकाप्रभावशाली नेता समेत रहेकाशर्माले यहाँका ग्रमिण सडक, खानेपानी, विद्यालय, पर्यटन उद्योगको विकास गरेर यहाँकाजनताले प्रत्यक्षअनुभवगर्ने गरी परिवर्तन सक्ने संकल्पबोकेर आफुले उम्मेदवारी दिएको स्पष्ट पारे ।

आधुनिक कृषि प्रणालीको विकास गरेर यहाँउत्पादन गरिएका वस्तुलाई पोखरामा सजिलैसँग लैजाने ब्यवस्थामिलाउने आप्mनो योजना रहेको उम्मेदवार शर्माले स्पष्ट पारे । धार्मिक तथाअन्यपर्यटन उद्योगको प्र्रचुर संभावना रहेको उल्लेख गर्दै उनले विश्वशान्ति स्तुपाको अवलोकनगर्न आउने पर्यटकको संख्यामा बृद्धि गर्ने, होम स्टेको विकास गरेर पुम्दीलाई पर्यटकीय गन्तब्यको रुपामाविकास गरि युवालाई स्वराजगार बनाउन सकिने उनले उल्लेख गरे ।

‘ख’प्रदेशकाउम्मेदवार शिकन्दर कुमार गुरुङले आफुले काममाविश्वास गर्ने बताउँदै निर्वाचनमाजितएकाम गरेर देखाउने प्रतिवद्धता जनाए ।

महासमिति सदस्य रामचन्द्र त्रिपाठीले जनतालाई भुलाउनवामपन्थिले मिठमिठा सपना देखएको आरोप लगाउँदै उनिहरुको कुरामाविश्वास नगर्न मतदातासँगआग्रह गरे । नेपालीकांग्रेसकै नेतृत्वमा संविधानजारी भएको उल्लेख गर्दै उनले यसको कार्यान्वयनकालागिकांग्रेसलाई जिताउनआग्रह गरे ।

कार्यक्रममापूर्व राज्यमन्त्रीप्रकाशबहादुर गुरुङ, लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सभापति देवेन्द्रकुमार शेरचन, राजकाजी गुरुङ, देउकाजी गुरुङ लगायतकावक्ताले बोलेकाथिए ।
सोमबार उम्मेदवार शर्मा र गुरुङ सहितको टोलीले पुम्दीभुम्दीको फुर्सेखोला, विश्वशान्ति स्तुपा, लुकुनस्वारा, कालावाङ, तारेभिर लगायतका ठाउँमा कोण सभा र घरदैलो गरेकाहुन् ।

त्यस्तै सोहि क्षेत्रमा पर्ने प्रदेश क काउम्मेदवार शारदा पौडेलले सोमबार पुरञ्चौरमामतदाताहरुसँग भेटघाट गरेकी छन् । त्यहाँकाबासिन्दामाझउनले आफुलाई भोट हाल्नअपील समेत गरेकीथिईन् ।