पोखरा – प्रतिबन्धित समयमा पनि गाउँ–गाउँमा जनताका घरआँगन अनि गोठहरुमा बास बसेर प्रजातन्त्रका लागि सदैव अग्रणी भागमा लडाईको मोर्चा सम्हाल्दै आएका सशक्त राजनीतिक योद्धा शुक्रराज शर्मालाई आफ्नै गाउँमा भेट्दा गाउँलेहरु निकै खुशी देखिए ।
नेपाली काँग्रेसका तर्फबाट कास्की क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उमेद्वार रहेका शर्मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम अन्तर्गत गाउँ–गाउँमा पुगी रहेका छन् ।
माछापुच्छे« गाउँपालिका वडा नं. १ नेप्राङ स्थित सामान्य किसान परिवारका ६८ वर्षीय पूर्णबहादुर गुरुङ आफ्नो गाउँमा नेता शुक्रराज शर्मालाई देख्दा अचम्मीत हुँदै भने– “ओहो ! त्यही ०४६ साल अनि ०६२/६३ सालमा महेन्द्रपुलमा आन्दोलनको नेतृत्व गर्दै भाषण गर्ने शुक्रराज” ! विगतका आन्दोलनमा उनको भूमिका र जनताका लागि उनले गरेको त्यागलाई सम्झेर यसपटक सबै मिलेर जिताउने प्रतिवद्धता समेत त्यस अवसरमा गुरुङले व्यक्त गरे ।
‘तपाई प्रजातन्त्र र जनताका पक्षमा उभिने सच्चा योद्धा हो’ नेप्राङकै ६५ वर्षीय लक्ष बहादुर गुरुङले भने– ‘हामीलाई गुन दिने मौका मिलेको छ । हामी सबै गाउँलेहरु तपाईको पक्षमा छौं ।’ पूर्णबहादुर र लक्ष बहादुर मात्र होइन, हरेक गाउँ गाउँमा भेटिएका पाका व्यक्तिहरु विगतलाई सम्झिदैं विभिन्न दैवि प्रकोपका घटना र अन्य विभिन्न खालका प्रशासनिक तथा विकास निर्माणमा शुक्रराजले खेलेको भूमिकालाई सम्झिँदै उहाँलाई त्यस क्षेत्र र काँग्रेसकै जिउँदो इतिहास भएको बताई रहेका थिए ।
मतदाताहरुसँगको भेटघाटबाट प्रसन्न देखिनुभएका शुक्रराजले आफू जनताको सेवा र राष्ट्रको संकट मोचनका लागि राजनितीमा होमिएकोले विगतमाझै सधै जनताको सेवामा लागिरहने बताउनुभयो । आफूले गाउँको विकास र जनताका हरेक खालका समस्याहरुलाई सधैं केन्द्रबिन्दुमा राखेकाले पनि यसपटक आÇनो पक्षमा र नेपाली कांग्रेसको पक्षमा मत दिन मतदाताहरुसँग आग्रह गर्नुभयो ।
घरदैलो कार्यक्रम अन्तर्गत बुधबार नेप्राङ, छैमल्याङ, चौरा लगायतका स्थानमा घरदैलो एवं कोणषभा भएको छ । कार्यक्रममा क्षेत्र नं. ३ अन्तर्गत प्रदेश नम्बर ख बाट प्रदेश सभा सदस्यका लागि उमेद्वार बन्नु भएकी शारदा पौडेलले गाउँको स्थानीय आयश्रोत पहिचान गरी गाउँघरमा नै लगानी गर्ने र त्यसबाट हुने आम्दानी गाउँमै भित्राउने वातावरण बनाउने विश्वास दिलाउनुभयो ।
कोणसभामा नेपाली काँग्रेसका महासमिति सदस्य रामचन्द्र त्रिपाठी, दिपक गुरुङ, तरुण दल कास्की जिल्ला अध्यक्ष मनोज गुरुङ, महाधिवेशन प्रतिनिधि मनबहादुर विक, कांग्रेस नेता गुञ्जमान गुरुङ, भिमबहादुर गुरुङ, इनबहादुर तामाङ लगायतले लोकतन्त्रको रक्षा र देशको विकासका लागि नेपाली काँगे्रसलाई नै जिताउनु पर्र्नेमा जोड दिएका थिए ।