काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि प्रत्यक्षतर्फको छुट्टाछुट्टै मतपत्र छाप्ने तयारी गरेको छ ।
एउटै मतपत्र छाप्ने तयारीमा रहेको आयोगले सर्वोच्च अदालतको आदेशका कारण अब छुट्टछुट्टै मतपत्र छाप्ने तयारी गरेको हो ।
सर्वोच्चको आदेशपछि केही दिनदेखि यस विषयमा औपचारिक–अनौपचारिक छलफल गर्दैै आएको आयोगले थियो ।
आइतबार महान्यायाधिवक्तासँगको परामर्शपछि छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णय गरेको निर्वाचन आयोग स्रोतले जानकारी दियो ।
आयोगले चुनावको मिति भने हेरफेर नगर्ने भएको छ । छुट्टाछुट्टै मतपत्र बनाउदा पनि तोकिएकै समयमा चुनाव गर्न सकिने आयोगको भनाइ छ ।
प्रमुख आयुक्त डा. अयोधी प्रसाद यादव सहितका पदाधिकारी रहेको आयोगको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको छुट्टाछुट्टै मतपत्र छाप्ने बिषयमा छलफल भएको हो । यसबारेमा प्रतिक्रिया दिँदै आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘यसबारेमा आयोगमा छलफल भएको छ, तर यसको निर्णय भोलि हुन्छ ।’ आयोगले भोलि अदालतको आदेश आएपछि यसबारे निर्णय गर्ने बुझिएको छ ।
सर्वोच्च अदालतले ३ दिनभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपत्र छपाई बारेमा भएको प्रगतिबारे ३ दिनभित्र जवाफ दिन आयोगलाई निर्देशन दिएको थियो ।
सर्वोच्चलाई आयोगले भोलि सोमबार जवाफ दिने भएको छ । शनिवार अदालतको निर्णयको पत्र पाएको अदालतले अदालतलाई बुझाउने जवाफ आज तयार पारेको हो ।