प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि ८०७ जनाले उम्मेदवारी


काठमाडौं – निर्वाचन आयोगका अनुसारअागामी मंसिर १० गते  पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि ८०७ जनाले उम्मेदवारी दिएका छन् ।

 

आयोगका अनुसार  प्रतिनिधिसभाको ३७ सिटका लागि ३२३ र प्रदेशसभाका ७४ सिटका लागि ४८४ जनाले उम्मेदवारी दिएका हुन् । उम्मेदवारविरुद्ध उजुरी दिन आज सोमबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मको समय दिइएको छ ।

उजुरीमाथि भोलि उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने ८ गते उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

कुन जिल्लामा कति उम्मेदवार ?

क्र.स.जिल्लाप्रतिनिधिसभाप्रदेशसभा १प्रदेशसभा २
ताप्लेजुङ
पाँचथर११
संखुवासभा१२
भोजपुर
सोलुखुम्बु
खोटाङ१०
ओखलढुङ्गा
दोलखा१६१२१२
रामेछाप१४१०१२
१०रसुवा११
११धादीङ्ग-१
१२धादीङ्ग-२१३१७
१३नुवाकोट-११३
14नुवाकोट-२११
१५सिन्धुपाल्चोक-११३११
१६सिन्धुपाल्चोक-२१०
१७गोरखा-१
१८गोरखा-२१०
१९मनाङ्ग
२०लमजुङ्ग१२
२१मुस्ताङ्ग
२२म्याग्दी
२३बाग्लुङ-१
२४बाग्लुङ-२
२५रुकुम (पूर्वी भाग)
२६रोल्पा१०
२७रुकुम (पश्चिम भाग)
२८डोल्पा
२९मुगु
३०जुम्ला
३१कालिकोट१०
३२हुम्ला
३३जाजरकोट
३४बाजुरा
३५बझाङ्ग
३६दार्चुला
३७बैतडी
जम्मा३२३२५६२२८