विकासका लागि बहुमतको सरकार आवश्यक : एमाले नेता रवीन्द्र अधिकारी


पोखरा – नेकपा एमाले नेता रवीन्द्र अधिकारीले देश विकासका लागि बहुमतको सरकार आवश्यक रहेको बताएका छन् । संसदको विकास समितिका सभापति समेत रहेका अधिकारीले मंगलबार पोखरामा निर्वाचन क्षेत्र र पूर्वाधार विकास विशेष कार्यक्रमका कार्यक्रमहरु सार्वजनीक गर्दै बहुमतीय सरकार नभए सम्म विकासले गति लिन नसक्ने बताए ।

‘विकास समितिले चार वर्षमा विषयगत मन्त्रालय र सरकारलाई करिब १ सय ४० वटा र थप ६० वटा निर्देशन दिएको बताउँदै उनले भने, ‘ती मध्ये करिब ७० वटा मात्रै कार्यन्यन भएको छन् ।’ उनले कुनै योजनामा सरकारको नियत ठीक नभएर रोकिएको त कुनै योजना क्षमता नभएका काराण रोकिएको बताए । राष्ट्रिय गौरवका आयोजनाहरूले अहिले निरन्तरता पाएको भए पनि छिटो छिटो सरकार परिवर्तन हुँदा विषयगत मन्त्री फेरिने, मन्त्रीसँगै सचिव र सम्बद्ध निकायका अधिकारी परिवर्तनको नराम्रो अभ्यास विकासमा परेको बताए ।

उनले विकास समितिको सभापति भएपछि सुस्तरुपमा रहेका विकास आयोजनालाई गति दिनेका काम आफ्नो समितिले दिएको बताए ।  दुईपटक कास्कीबाट संसदमा विजयी भइसेकेका अधिकारी यसपटक कास्कीको क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवारीका लागि सिफारिसमा परेका छन् । तर पनि उनलाई प्रदेश नम्बर चारको मुख्य मन्त्रीमा पनि चर्चा छ । उनले पत्रकार सम्मेलनमा पार्टीले प्रदेशमा उठाए पनि प्रतिनिधि सभामा उठाए पनि आफुलाई मान्य हुने बताए ।

निर्वाचन क्षेत्र विकास कार्यक्रम
२०७४।०७५
साविक क्षेत्र नं. ३ कास्की

क्र.सं.योजनाको नामपोले मनपा
वडा नं.विषयविनियोजित रकम
ढुङ्गेसाघु बृद्धाआश्रम निमार्ण१०,००,०००।००
सुनौलो मार्ग निर्माण समितिबाटो३,००,०००।००
धारापानी मार्ग ढलान बाटोबाटो३,००,०००।००
गौरीघाट पार्कवातावरण२,००,०००।००
गहते पार्क (सुगम मार्ग)वातावरण३,००,०००।००
सिलाई कटाई महिला तालिमक्षमता अभिवृद्धि३,५०,०००।००
शुभकामना समाज घर निर्माणभवन३,००, ०००।००
विरुवाटोल आदर्श मार्ग१७खानेपानी२,००,०००।००
लामा टुडा मार्ग, बेलघारी१७सडक३,००,०००।००
१०पाखुरीडाँडा जलदेवी मोटरबाटो२१(पोउमनपा२३)सडक३,००,०००।००
११भविष्य निर्माण विद्यालय जाने बाटो२१(पोउमनपा२४)सडक३,००,०००।००
१२मालागिरी सिढी मार्ग३३(ले.न.पा. १६)पर्यटन४,००,०००।००
१३खैरेनी टोल बिकास संस्था३३(ले.न.पा. १७)भबन३,००,०००।००
१४सिद्ध मन्दिर निर्माण,सिगारेवास३३(ले.न.पा. १८)पर्यटन३,७५,०००।००
१५ कार्यालय प्रशासनिक खर्च७५,०००।००
जम्मा५०,००, ०००।००

निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रम
२०७४।०७५
साविक क्षेत्र नं. ३ कास्की

क्र.सं.योजनाको नामपो.ले.म.न.पा. वडा नं.विषयबिनियोजित रकम रू.
गाई गौंडा पुलचोक मोटरबाटो निर्माण३३ (ले.न.पा. १७)मोटरबाटो४०,००,०००।–
बुढानिलकण्ठ मन्दिर संरक्षणसंस्कृति१०,००,०००।–
मनकामना मन्दिर बाटो निर्माणवातावरण२०,००,०००।–
सार्वजनिक शौचालय निर्माण बाराहीचोकवातावरण१०,००,०००।–
खानेपानी ट्याङ्की निर्माणखानेपानी१०,००,०००।–
उर्जामार्ग सडक तथा नाली निर्माणबाटो१५,००,०००।–
शान्तिदर्शन मार्ग स्ल्याप कलभट निर्माणबाटो१०,००,०००।–
शिव–बुद्ध मार्ग निर्माण१७बाटो१०,००,०००।–
सिमलटुंडा बाटो निर्माण१७बाटो१०,००,०००।–
१०लेवाड कात्तिके पानी बाटो निर्माण२१ (पोउमनपा२३)बाटो१०,००,०००।–
११झ्याउरीखेती चापाको रुख मोटरबाटो२१ (पोउमनपा२३)बाटो१०,००,०००।–
१२लिकुरे सल्लेरी एकहाते मोटरबाटो२१(पोउमनपा२४)बाटो१०,००,०००।–
१३ठूला पाखा बाटो३३ (ले.न.पा. १६)बाटो१०,००,०००।–
१४वरपौवा सामुदायिक भवन निर्माण३३ (ले.न.पा. १८)भवन१०,००,०००।–
१५शिशुकल्याण मावि कम्पाउण्ड निर्माण३३ (ले.न.पा. १७)भवन१०,००,०००।–
१६पोखरा थियटर हल निर्माणभवन१०,००,०००।–
१७बाँझि पोखरी निर्माण२१(पोउमनपा२३)पोखरी१०,००,०००।–
१८जिब्रेढुंगा आमा समूह भवन निर्माण (होम स्टे)३३ (ले.न.पा. १८)पर्यटन१०,००,०००।–
१९शिवालय थाप्ले तिलाहर ग्रामिण सडक२१(पोउमनपा२३)बाटो१०,००,०००।–
२०फेवा पावर हाउस नहरमाथि जाली राख्ने१७वातावरण१५,००,०००।–
२१काल्छेखोला खानेपानी२१(पोउमनपा२४)खानेपानी१०,००,०००।–
२२भयरथान मार्ग निर्माण१७बाटो१०,००,०००।–
२३प्रगती मोटरमार्ग निर्माण२१(पोउमनपा२४)बाटो१०,००,०००।–
२४कुहिने यज्ञशाला निर्माण१७भवन१०,००,०००।–
२५तल्लो खैरेनी, भँयरगुफा मोटरबाटो निर्माण३३ (ले.न.पा. १७)बाटो१०,००,०००।–
जम्मा३,००,००,०००।–