जापानमा हुने यु–१२ फुटबल प्रतियोगिताको लागि छनौट प्रशिक्षण सुरु


पोखरा – जापानमा हुने यु–१२ फुटबल प्रतियोगिताको लागि नेपाली टोलीको छनौट प्रशिक्षण सुरु भएको छ । केहि साता देखि प्रशिक्षण सूरु भएको पोखरा रंगशालामा आगामी पुषमा मात्र जापान जाने टिम छनौट हुने भएको हो । छनोट भएका खेलाडीलाई आगामी चैतमा जापानमा हुने कोपा पुमा टोरेरोस फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको प्रशिक्षक राजेन्द्र तामाङले बताए ।

विगतको वर्षहरुमा झैं यस आगामी बर्ष २०१८ को लागि नेपाली टोलीले विभिन्न देशसँग प्रतिस्पर्धा गर्ने भएको तामाङले जनाए। फन रुट्स एकेडेमी जापानको आयोजनामा हुने प्रतियोगितामा नेपालसँगै, जापान, कोरिया, स्पेन, जर्मन, ताईवान, सिंगापुर, ब्राजिल लगायतको टोलीको सहभागिता हुने भएकाछन ।

उमेर समूहमा हुने उक्त प्रतियाोगिताले नेपाली फुटबलको विकासमा सहयोग पु¥याउने प्रशिक्षक तामाङले बताए । छनौटको प्रशिक्षकको क्रममा हाल करिब ४० जना जसो सहभागि भएको उनले जनाए । छनौट भएका १३ जना खेलाडीहरुले एक साता जापानमा हुने प्रतियोगितामा निशुल्क जाने आउने तथा खान वस्नको व्याबस्था हुने तामाङले जनाए । पुर्व राष्ट्रिय खेलाडी समेत रहेका वसन्त गौचन सहितको टोलीले अन्तिम छनौट गर्ने भएको हो ।

एन्फा कास्कीको सहकार्यमा हुने उक्त कार्यक्रम अन्र्तगत हाल दैनिक जसो एसियन फुटवल कन फेडेरसनबाट ए लाईसेन्स प्राप्त राजेन्द्र तामाङले प्रशिक्षण गराउदै आएका हुन। अन्तिम छनोटको लागि नेपालका पुर्व राष्ट्रिय खेलाडी बसन्त गौचन जापानबाट आईपुग्ने छन् । गौचन फन रुट्स एकेडेमी जापानका प्रशिक्षक हुन् । गत बर्ष उक्त प्रोजेक्ट मार्फत १३ जना पोखरेली खेलाडीको साथमा तामाङ जापान गएका थिए ।