राजाराम पौडेल,पोखरा – पहिलो कास्की विश्व सम्मेलन सम्पन्न भएको छ । विश्वभरी छरिएका कस्केलीको खोजी अभियान समृद्ध जन्मथलो हाम्रो स्वाभिमान भन्ने मुल नारा सहित पोखरामा अायोजित पहिलो विश्व कास्की सम्मेलनले कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषद् नेपालको अध्यक्षमा बेल्जियम निवासी पूर्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सम्मेलनले वरिष्ठ उपाध्यक्षमा चित्र सुवेदी(बेल्जियम), उपाध्यक्षमा राम रानाभाट(अष्टेलिया), उपाध्यक्षमा विश्वराज बास्तोला(अमेरिका), उपाध्यक्ष तिलकशाली सापकोटा(नेपाल, रिटनिज कतार), उपाध्यक्ष सुन्दर पौडेल(जापान), महासचिव गोविन्दप्रसाद पौडेल( पोर्चुगत), उपमहासचिव सुवास अधिकारी(बेलायत), सचिव विशला ढुङगाना(स्पेन), सचिव विकास पौडेल(जापान), सचिव अर्जुन गिरी(नेपाल, रिटनिज जापान), कोषाध्यक्ष रेशम आचार्य(पोर्चुगल), सहकोषाध्यक्ष विकास अधिकारी(दुवई),प्रवत्ता विकल पराजुली(अमेरीका), युवा सयोजक गणेश थापा जि.टी(नेदरल्याण्ड), महिला संयोजक पुजा शाह(नेपाल रिटनिज जापान), यसियाप्यासिफिक संयोजक शिवप्रसाद पौडेल(जापान), रिटनिज क्षेत्र सहसंयोजक निरज थापा(रिटनिज कोरिया), रिटनिज क्षेत्र सहसंयोजक शोभकर भण्डारी(रिटनिज कतार), रिटनिज क्षेत्र सहसंयोजक लक्ष्मी गिरी(रिटनिज कतार) चयन भएका छन् । सदस्यहरुमा कुलबहादुर खत्री( बेलजियम), सन्देश अधिकारी(जापान), शिव गिरी(नेपाल), गणेश पहारी( अष्टेलिया), जानुप्रसाद अधिकारी (जापान) र सांस्कृतिक संयोजक विभागमा चोलेन्द्र पौडल(नेपाल)लाई चयन गरेको छ ।
पोखरामा सम्पन्न सम्मेलनले ८ बुँदे घोषणापत्र समेत जारी गरेको छ । प्रथम सम्मेलनबाट प्रवासमा रहेका कास्कीको नामबाट विभिन्न सामाजिक सस्थाहरुलाई एउटै नाम कास्की समाजमा एकरुपता ल्याउने, कार्याकालको पहिलो वर्ष संगठन निर्माणमा विश्वका विभिन्न देशहरुमा अभियान संचालन गर्ने, विदेशमा बस्ने नेपालीहरुलाई एकपटकको नेपाली सधैको नेपाली भन्ने मुल नाराका साथ सम्पूर्ण अधिकार सहितको दोहोरो नागरिकता प्राप्तीका लागी नेपाल सरकारसंग जोडदार माग गर्ने घोषणामा उल्लेख गरिएको छ ।
त्यस्तै कास्की जिल्ला भरिका एक सय जना विद्यार्थीहरुलाई निशुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने, संघसस्थाहरुसंग सहकार्य गरि अगाडी बढने, लागनी बोर्डको गठन गरि पर्यटन कृर्षि तथा आधुनिक प्रविधि स्वदेश भित्रायर रोजगार प्रर्वधनको काम गर्ने, कास्की जिल्ला भित्र रहेका ८ तालहरुको साथै धार्मिक सांस्कृतिक तथा ऐतिहासिक धरोहरहरुको संरक्षणमा सहयोग गर्ने र विभिन्न देशमा रहेका उत्कृष्ट शहरहरुसंग पोखरालाई भगिनी सम्वन्ध विस्तारको लागी पहल गर्ने गरि आठ बुँदे पोखरा घोषणापत्र जारी गदै सम्मेलन सकिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलन यहि आश्विन २३ गतेबाट पोखरामा सुरु भएको थियो ।