पोखरा – नेपालीहरूको महान् चाड बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिको अवसरमा पोखराको फेवातालको विचमा रहेको तालबाराही मन्दिरमा कोजाग्रत पुर्णिमा मेला लाग्यो ।
हरेक वर्ष पर्यटकीय आकर्षण फेवातालको विचमा रहेको तालबराही मन्दिरमा कोजाग्रत पूर्णीमा मेला लाग्ने गर्दछ । मेलामा पोखरा र पोखरा आसपासका गाविसका बासिन्दा तथा नेपालका विभिन्न जिल्लाका भक्तजनहरुको मन्दिरमा भिड लागेको थियो ।कास्की लगायत छिमेकी जिल्लाहरु स्याङजा,तनहुँ, पर्वत र लम्जुङ लगायत काठमाडौ चितवनका क्षेत्रबाट समेत भक्तजनहरु तालबाराहि मन्दिरमा पुजा गर्न आएका थिए ।
तालबाराही मन्दिरको दर्शन गर्नाले मनोकाङक्षा पुरा हुने मान्यता रहेकाले पुजा गर्न आएको पोखराकी अनिता तिमिल्सिनाले बताउनुभयो । आफनो मनको आकाङक्षा पुरा हुन्छ भन्ने मान्यता रहेकाले आफुले पनि पुजा गर्न आएको उहाँको भनाई थियो । विहानै पाँच बजेदेखि साँझ सम्म मन्दिरमा पुजा गर्नेहरुको भिड लागेको थियो ।