पोखरा – कास्कीमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि ५ लाख ५५ हजार ४ सय ८१ जनाले मतदान गर्न पाउने भएका छन् । कास्कीका पाँचै वटै स्थानिय तहबाट गरि ३० हजार ६ सय ७० नयाँ मतदाता थपिएको क्षेत्रिय निर्वाचन कार्यालय पोखराले जानकारी दिएको छ ।
आयोगकले १ साउनदेखि भदौ ३ गतेसम्म देशैभर मतदाता नामावली संकलन थालेको थियो । यसअघि वैशाख ३१ गते सम्पन्न स्थानिय तह निर्वाचनमा कास्कीमा २ लाख २४ हजार ८ सय ११ जना मतदाता रहेका थिए ।
पोखरा लेखनाथ महानगरपालिकामा १ लाख ९१ हजार ७ सय ५० मतदाता रहेका छन् । यस्तै गरी, अन्नपुर्ण गाउँपालिकामा १७ हजार ६ सय ६७ मतदाता रहेको छन् । माछापुछ्रे गाउँपालिकामा कुल १८ हजार ११ मतदाता, मादी गाउँपालिकामा १५ हजार आठ सय ४३ र रूपा गाउँपालिकामा १२ हजार २ सय १० जना मतदाता रहेको कार्यालयले जानकारी दिएको छ ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभर कूल मतदाता संख्या एक करोड ५४ लाख २७ हजार ७३१ कायम भएको निर्वाचन आयोगले जानकारी दिएको छ । कास्की जिल्लाका कुल मतदाताहरुमध्ये एक लाख १९ हजार तीन सय दुई जना पुरुष, एक लाख ३६ हजार एक सय ७५ महिला र चार जना तेस्रोलिङ्गी रहेका छन् ।