काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी असोज २१ गते पोलिटव्युरो बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रम तथा आगामी प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनबारे छलफल गर्न बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ ।
बैठकमा एमाले, नयाँशक्तिसँगको कार्यगत एकता तथा त्यसपछि हुने पार्टी एकताको तयारीका सम्बन्धमा गहन छलफल हुनेछ । माओवादी प्रवक्ता पम्फा भुषालका अनुसार बैठकमा बदलिदो परिस्थतिमा पार्टीले आफ्नो तर्फबाट गर्नुपर्ने गृहकार्यका बारेमा व्यापक छलफल गर्नुका साथै चुनावको तयारीका बारेमा पनि छलफल हुनेछ ।
माओवादी केन्द्रमा चुनावी तालमेल र पार्टी एकीकरणका लागि भएको नेतृत्वको प्रयासप्रति केही नेताहरु गोपाल किराती, मणि थापालगायतले असन्तुष्टि जनाउदै आएका छन् ।