राजनीतिमा कालोधनको प्रवेशलाई रोक्न स्पष्ट कानुन अपरिहार्य


काठमाण्डौ-  मौन अवधि सुरु भएपछि मतदातालाई प्रभाव पार्न दल तथा उम्मेदवारले गोप्य रूपमा गर्ने गतिविधि रोक्न राज्यबाटै लगानी हुनुपर्नेमा सरकार, निर्वाचन आयोग र राजनीतिक दलले जोड दिएका छन् ।

मौन अवधिमा दल तथा उम्मेदवारले मतदातालाई प्रभाव पार्ने सबै खाले हथकण्डा गर्ने हुँदा यस्तो प्रवृत्ति रोक्नुपर्नेमा सरकारका मन्त्री, आयोग पदाधिकारी तथा राजनीतिक दलले समान धारणा राखेका छन् । आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ ।

मन्त्रिपरिषद्का सदस्य, सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दलले ‘मौन अवधि’ मा गर्न सक्ने सम्भावित सबै प्रकारका गतिविधि रोक्न तथा यसमा संलग्न हुनेलाई दण्डित गर्न सक्ने कानुनको वकालत आयोगले गर्दै आएको छ ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयकमै दलले प्राप्त गरेको कुल मतका आधारमा राज्यबाट निर्वाचन खर्च दिने तथा मौन अवधिको दिइने चन्दा एवं पुरस्कार दिनबाट रोक्न संसाधन राख्न चाहे पनि दलहरू नै बाधक बनेको स्रोतले बताएको छ ।

राजनीतिमा कालोधनको प्रवेशलाई रोक्न स्पष्ट कानुनसमेत अपरिहार्य रहेकोमा आयोगले जोड दिएको छ ।
सोमबार हुने प्रदेश २ को निर्वाचनका लागि शुक्रबार राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ ।

मौन अवधिमा आयोगले चुनाव प्रचारप्रसारमा पूर्ण रोक लगाए पनि दल तथा उम्मेदवारले त्यसको दुरुपयोग गर्ने गरेको सम्बद्ध पक्षले स्विकारेको छ ।