पोखरा – लामाचौरमा मंगलबारदेखि शुरु भएको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन न्यू डायमण्ड र पश्चिमाञ्चल भलिबल संघले जित निकाल्दै समान तीन अंक बटुलेको छ । डिफेण्डिङ च्याम्पियन न्यू डायमण्डले नेपाल पुलिसलाई २५–१५, २५–१९ र २५–२० को सोझो सेटमा जित्यो । एकै समूहमा परेको न्यू डायमण्ड बिजेता र नेपाल पुलिस उपबिजेता बन्दै दुबै टोली सेमीफाइनल पुगेको छ। पहिलो खेलमा पश्चिमाञ्चल भलिबल संघले जावलाखेलको भलिबल टिमलाई २५–१५, २५–१९ र २५–१७ को सोझो सेटमा हरायो ।
पश्चिमाञ्चल भलिबल संघ र सशस्त्र प्रहरी बलबीचको तेस्रो खेल भने पानी परेका कारण स्थगित भयो । खेलको पहिलो सेटमा सशस्त्रले पश्चिमाञ्चलमाथि १४–४ को अंकले अग्रता लिंदै गर्दा खेल स्थगित भएको थियो । स्थगित पश्चिमाञ्चल र शसस्त्रको खेल बुधबार हुने आयोजकले बताएको छ । बुधबार नै पहिलो चरण अन्तरगतको एपीएफ र जावलाखेलवीच समूहको तेस्रो खेल हुनेछ। लिग कम नकआउटका आधारमा खेलाइएको भलिबल प्रतियोगिताको समूह एमा न्यू डायमण्ड र नेपाल पुलिस तथा समूह बीमा सशस्त्रको एपीएफ क्लब, पश्चिमाञ्चल भलिबल संघ र जावलाखेल भलिबल संघलाई बिभाजन गरिएको छ। बुधबार नै समूह ए को बिजेताले समूह बीको उपबिजेता र समूह बीको बिजेताले समूह ए को उपबबिजेतासंग सेमीफाइनल चरणको प्रतिस्पर्धा गर्नेछ।
४ नं प्रदेशस्तरिय स्व. नरबहाद्ुर बानियाँ स्मृति सितेरियो कराँते प्रतियोगितामा आठ स्वर्ण र दुई रजत पदकसहित कास्की च्याम्पियन बनेको छ। दुई स्वर्ण र तीन रजतसहित गोर्खा द्धितिय र दुई स्वर्ण, २ रजतसहित लमजुङ तृतीय बनेको छ। कराँतेको बेष्ट फाइटरमा महिलातर्फ कास्कीकी मोनु तामाङ र पुरुषतर्फ लमजुङका अंकित गुरुङ भए। बुधबार, अन्तरमावि लोक नृत्य प्रतियोगिता महोत्सवको मूख्य आकर्षण रहनेछ।
प्रतियोगितामा १९ विद्यालयले प्रतिपस्वपर्धा गर्नेछ। नेपाली टेली श्रृंखला भद्रगोल युनिटको बले कक्रोचको बेजोड हाँस्य ब्यङ्ग प्रहशन, नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–२’ युनिटका कलाकारहरु झरना थापा, साम्रागी राज्यलक्ष्मी शाह, सलोन बस्नेत, सुनिल थापाको साथमा लोक तथा दोहरी गायक गायिका तुलशा जि.सी., घनश्याम रिजाल, प्रदिप त्रिपाठी र चोलेन्द्र पौडेलको प्रस्तुती रहने प्रचार प्रसार संयोजक गिरधारी शर्माले जानकारी दिए।