काठमाडौं– माओवादी केन्द्रको केन्द्रीय कार्यलयको वैठकले देशलाई एकताबद्ध राख्ने र संविधान कार्यन्वयन गर्ने महत्वपूर्ण प्रस्ताव एमालले फेल गराएको निश्कर्ष निकालेको छ ।
‘संसोधन प्रस्ताव राष्ट्रलाई एकताबद्ध राख्ने खालको थियो । संविधानको स्वीकार्यता बढाउथ्यो । संविधान कार्यन्वयनमा सहयोग गर्दथ्यो । यति महत्वपुर्ण प्रस्ताव एमालेका कारण पास हुन सकेन । यो नेपालको राजनीतिकका लागि दूर्भाग्यपूर्ण छ ।’ माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भनिन् ।
हिजो संसदमा संविधान संसोधन प्रस्ताव निर्णयार्थ पेश हुँदा प्रस्तावको पक्षमा ३४७ र विपक्षीमा २०६ मत खसेका थिए । दुई तिहाईका लागि ४८ मत पुगेको थिएन । त्यहीँ कारण प्रस्ताव पारित हुन सकेन ।
त्यसैगरी वैठकले बाढी पहिरोबाट पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिका लागि सरकारसँग माग गरेको छ । माओवादी वैठकले राहत स्वरुप एक लाख, मृतकलाई तीन लाख र पुननिर्माणका लागि प्रत्येक परिवारलाई पाँच लाख दिन माग गरेको छ ।