काठमाडौं – आज प्रकाशित पत्रपत्रिकाहरुले विविध विषयहरुलाई स्थान दिएर छापेका छन् । विशेष गरेर बाढी र पहिरोका विविध पाटा–पक्षबारे आज पनि पत्रपत्रिकाहरुले लेखेका छन् । बाढी र पहिरोले पहाड र तराईका १२५ भन्दा बढी सर्वसाधारणको मृत्यु, हजारौं घर र लाखौं हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको विषयमा छलफल गर्न बुधबार संसद्को बैठक बोलाइएको भए पनि संसदमा सांसदहरु उपस्थित नभएको खबर आजको पत्रपत्रिकाहरुले लेखेका छन् ।
नेपालमा बर्सेनि जस्तो हुने डुबानबारे पनि पत्रपत्रिकाहरुले आज लेखेका छन् । प्रदेश र केन्द्रीय संसद्को् चुनाव एकैपटक गर्न तीन दल सहमत भएको विषयलाई पनि पत्रपत्रिकाहरुले लेखेका छन् ।