ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – सत्ता साझेदार दल कांग्रेस र माओवादी दोस्रो चरणको स्थानीय निर्वाचन १४ असारमै गर्ने निष्कर्षमा पुगेका छन् । आज प्रकाशित पत्रपत्रिकाहरुले सहमतिको लागि प्रयास गर्ने तर असार १४ को निर्वाचन नसार्ने पक्षमा दलहरु दृढ देखिएको लेखेका छन् । निर्वाचनको अन्तिम तयारीमा निर्वाचन आयोग लागेको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।