काठमाडौं – नेकपा एमालेको संसद्मा जारी अवरोधका कारण प्रधानमन्त्री निर्वाचन लम्बिएको विषयलाई आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ लेखेका छन् । संसद् अवरोध जारी राख्ने प्रमुख प्रतिपक्षी एमालेको अडानले हच्किएको सत्ता पक्षले आइतबारका लागि निर्धारित प्रधानमन्त्री निर्वाचन प्रक्रिया दुई दिनपछि सार्न सभामुखलाई आग्रह गरेपछि सूचनाद्वारा स्थगित बैठक मंगलबारे सरेको छ ।
एनसेलले १३ अर्ब ६० करोड लाभकर बुझाएको खबरलाई पनि पत्रपत्रिकाहरुले महत्त्व दिएर छापेका छन् ।