नेपालीनेपाली डटकम ।
कोपनहेगन । डेनमार्कको कोपनहेगन स्थीत नेपाली दुतावासमा गणतन्त्र दिवस मनाइएको छ । डेनमार्क स्थीत नेपालीहरुको सहभागितामा दुतावासले गणतन्त्र दिवस मनाएको हो ।
त्यस अवसरमा नवनियुक्त नेपाली राजदुत युवनाथ लम्सालले गणतन्त्र दिवसको सबैलाई शुभकामना दिनुभएको थियो । शुभकामना मन्तव्य व्यक्त गर्दै मुलुकमा गणतन्त्र आए पश्चात प्राप्त उपलब्धीको रक्षा गर्नु अहिले मुलिकको चुनौती रहेको बताउनु भयो । नेपालका सबै पक्षको एकतामा नै सफलता रहेको भन्दै राजदुत लम्सालले सामुहीक पहलले नै सबै समस्याको समाधान दिने बताउनु भयो ।
राजदुत- लम्साल
आँफु भर्खरै राजदुत नियुक्ती भएर आएकोले नेपाल र डेनमार्क बीचको सम्बन्धलाइ थप उचाइ दिनेमा आँफु प्रतिबद्ध रहेको र यहाँ स्थीत सबै नेपाली संघ संस्थाहरुसंग सहकार्य गरेर नै अगाडी बढ्ने पनि राजदुत लम्सालले बताउनु भयो ।
सोहि अवसरमा दुतावासका मिनिस्टर काउन्सेलर तथा नियोग उप-प्रमुख डोरनाथ अर्यालले सहभागी सबैलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा उपस्थीत सबै संघ संस्थाका प्रतिनिधी एवं सहभागीहरुको तर्फबाट एन आर एन ए डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालले गणतन्त्र दिवसको शुभकामना दिंदै एन आर एन एले गरेका कामको चर्चा समेत गर्नु भएको थियो ।