बार्सिलोना/ नेपाली नयाँ बर्ष २०७४ को स्पेनबासी नेपालीहरुले पनि स्वागत गरेका छन्। पर्बत समाज स्पेनले बिहिबार बार्सिलोनामा आयोजना गरेको एक कार्यक्रममा यहाँ स्थित नेपालीहरुले नयाँ बर्षको स्वागत गरेका हुन्। स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुले एक आपसमा शुभकामाना आदानप्रदान गर्दै,सधैँ संस्थागत हातोमालोलाई नयाँ बर्ष सँगै झनै बलियो बनाउँदै लग्ने प्रतिबद्दता ब्यक्त गरेका छन्।
शुभकामाना आदानप्रदान तथा रात्रिभोज कार्यक्रममा पर्बत जिल्ला स्थायी घर भई,स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो। समाजले स्पेन स्थित सबै संघ संस्थाका प्रतिनिधिहरु लगायत पत्रकारहरुलाई समेत नयाँ बर्षको उपलक्ष्यमा शुभकामाना आदानप्रदान सहित तथा रात्रिभोजको लागि निमन्त्रणा गरेको थियो।
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा स्पेनका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिहरु दीपक खरेल,चिन्तामणी सापकोटा,नेपाल चेम्बर अफ कमर्शको मानार्थ ब्यापार प्रतिनिधिमा जीवन भुसाल,नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्रप्रसाद शर्मा,प्रबासी नेपाली मञ्च स्पेनका अध्यक्ष दिनेश गुरुङ,जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष गंगाप्रसाद भुसाल,क्षेत्रीय समितिबाट प्रतिनिधित्व गरेका एनआरएन स्पेनका सचिव तुलसी गुरुङ लगायत संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रह्यो।यसैबीच,समाज कै प्रतिनीधिहरु नेपाल चेम्बर अफ कमर्शको मानार्थ ब्यापार प्रतिनिधि,नेपाली जनसम्पर्क समिति स्पेनको अध्यक्ष लगायत सदस्यहरुमा निर्बाचित भएकोमा बधाई सहित सफल कार्यकालको शुभकामाना ब्यक्त गरिएको छ।
शुभकामाना आदानप्रदान कार्यक्रम समाजका अध्यक्ष ओमर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन महासचिव सन्तोष पौडेलले गरे।गीत संगीतसँगै सहभागीहरु नयाँ बर्षको रमझममा रमाएका थिए।गत बर्ष पनि समाजले कार्यक्रमको आयोजना गर्दै नयाँ बर्षको स्वागत गरेको थियो।
तस्बिरहरु:-पर्बत समाज स्पेनको फेसबुकबाट