कोपनहेगन ।
डेनमार्कमा रहेका सुदुर पश्चिमेलीहरुको संस्था सुन्दर सुदुर पश्चिम समाज डेनमार्कको साधारण सभा तथा नयाँ वर्षको शुभकामना आदान प्रदान सम्पन्न भएको छ । सोहि अवसरमा संस्थाको वार्षिक प्रगती विवरण एवं भावी दिनहरुमा डेनमार्कका अन्य संस्थाहरुसंग कसरी सहकार्य गर्न सकिन्छ भनेर छलफल एवं अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा संस्थाकी सदस्य कविता कुमारी विस्ट जोशीले सबैलाई स्वागत गर्दै स्वागत मन्तव्य दिएकी थिइन । संस्थाको कार्यप्रगती विवरण महासचीव पुस्कर राज जोशीले प्रस्तुतु गरेका थिए । संस्थाले सुदुर पश्चीम क्षेत्र मात्र नभई देशका अन्य क्षत्रमा पनि सहयोग पुर्याएको उनले बताए ।
संस्थाका अध्यक्ष खेम जोशीले यो सुन्दर सुदुर पश्चिम समाज गठन नेपाली समुदायकै एउटा अंग भएकोले छुट्टै रुपमा नहेर्न आग्रह गरे । हामी पहिला नेपाली अनि बल्ल सुदुर पश्चिमेली भन्दै उनले यो संस्था सुदुर पश्चिम भेगका वासिन्दाहरुको भेटघाट तथा जमघटको लागि गठन गरीए पनि यस संस्थाले केहि सामाजीक कार्यहरु पनि गरेको बताए । ससथाले हाल सम्म अछामका मृगौला पिडितलाइ आर्थिक सहायता गरेको, भुकम्पको बेला गोर्खा जिल्लाको रेडक्रस मार्फत आर्थिक सहायता प्रदान गरेको, जापानमा रहेका एक जना मृगौला पिडित नेपाली विधार्थीलाई उपचारमा आर्थिक सहायता प्रदान गरेको, महेन्द्रनगरका स्व. पत्रकार कर्ण बोहराको परिवारलाई आर्थिक सहायता प्रदान गरेको सो कार्यक्रममा जानकारी दिइयो ।
रात्री भोजसहितको कार्यक्रममा एन आर एन ग्लोवल युवा उप- संयोजक लोकराज शर्मा, एन आर एन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडाल, नेपाल पर्यटन बोर्डका डेनमार्क प्रतिनिधी सोम नाथ सापकोटा, जनसम्पर्क समित डेनमार्कका पुर्व सभापतीहरु त्रिलोचन सापकोटा, यामलाल सुवेदी, रामचन्द्र पाठक, समाजसेवी हेम प्रसाद अर्याल,नेपाली पाठशालाका शिक्षक दिपक तिवारी, समाजसेवी उदय राज गौतम, एन आर एनका उपाध्यक्ष तथा संस्थाका सल्लाहाकार भुवन भट्ट लगायतले संस्थाको भावी कार्यक्रमको लागि सुझाव तथा सल्लाह दिंदै संस्थाको कार्य सराहनीय रहेको बताए ।
सो अवसरमा डेनमार्क को बसाइ र भिसा छोडेर नेपाल फर्कन लागेका पदम शाहीलाई विदाई समेत गरिएको थियो । उपस्थिति सबैले मायाको चिनो दिएर उनलाई बिदाइ गरेका थिए ।