पोखरा – पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कुनैपनि हालतमा स्थानिय तहको निर्वाचन नरोकिने वताएका छन् । प्रेस चौतारी कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले अहिलेको प्राथमिकता निवाचन भएकाले कुनै दलको असन्तुष्टिका कारण चुनाव नरोकिने बताएका हुन् ।
‘स्थानिय तहको निवाचन पहिलो प्राथमिकता रहेकाले कुनै दलले असन्तुष्टि जनाउदैमा चुनाव रोक्किदैन् ।’पूर्व प्रधानमन्त्री नेपालले अहिले संविधान संसोधनको वारेमा ब्याख्या गर्ने वेला नभएको वताउदै सम्पूर्ण दलहरु चुनावमा होमिनुको बिकल्प नरहेको स्पष्ट पारे । उनले संविधानका विषयमा देखिएका असन्तुष्टिलाई निवाचनपछि मात्रै छलफल गर्न सकिने भन्दै अहिले संविधान संसोधनको बारेमा ब्याख्या, छलफल गर्न उपयुक्त हुने जिकीर गरे ।
उनले मधेसी दलहरु आफ्नै जनताको विश्वास नभएकाले चुनावमा जान आनाकानी गरेको आरोप समेत लगाए ।
मधेसी नेताहरु आफ्नै जनताको भोट नपाउने होकी भन्नेमा शंका रहेकाले अनेक बहानामा स्थानिय तहको निर्वाचनलाई रोक्न खोजिरहेको उहाँको भनाइ रहेको थियो । नेता नेपालले नयाँ शक्ति नेपालका संयोजक बावुराम भट्टराइलाई स्वतन्त्र ढंगले चुनाव लड्न समेत सुझाव दिए ।
बावुराम भट्टराइले ढिलो निर्णय गरेको वताउदै समयमा औषधी नखादा पर्ने असरबारे डाक्टर आफैलाई थाहा भएकाले स्वतन्त्र रुपमा चुनाव लड्नु उनको लागी उपयुक्त हुने नेपालको भनाइ रहेको थियो । उनले देशलाई आर्र्थिक विकासको बाटोमा अगाडी बढाउन र संविधानको कार्यान्वयनका लागी निवाचन आवश्यक रहेको बताउदै कुनैपनि बहानामा निवाचन रोकिन नहुनेमा जोड दिए। पत्रकार भेटघाट प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको थियो ।