पोखरा – स्थानियतहपूर्नर संरचनाकाक्रममा पोखरा उपमहानगरका दुई वडा पोखरा २४, कृस्ती र पोखरा २३ निर्मलपोखरी मिसाएर एउटै वडा बनाएको बिरोधमा सोमबार कृस्तीबासीले पोखरा २४ कृस्तीको वडा कार्यालयमा तालाबन्दि गरेकाछन् ।
क्षेत्रफल तथा जनसंख्याका हिसाबले पोखरा २४ कृस्ती आफैमा ठूलो वडाभएपनि अन्यवडामा मिसाएर थप सामाजिक तथा भौगोलिक जटिलता थप्ने काम गरिएको भन्दै वडा संघर्ष समितीको चरणबन्द संघर्षका कार्यक्रम अन्र्तगत अनिश्चितकालिन तालाबन्दी गरिएको हो । हामीलाई वडागाभने निर्णयले दुखितमात्र बनाएको छैन्। कृस्तीको विकासमा थप अन्यौलता सृजना गरेको छ । जिल्ला समन्वय समितीका प्रमुख तथा स्थानिय बिकास अधिकारी बलरामढकाललार्ई ग्यापनपत्र बुझाउदै संघर्ष समितीका संयोजक पूर्णबहादुर थापाले यो निणर्य सच्याउन माग गरे ।
३०१ सदस्यीय संघर्ष समिती नै गठन गरेर आन्दोलित भएका कृस्तीबासीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । जिल्लास्थीत सरोकारवाला निकाय जिल्ला समन्वय समिती,कास्की जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा लेखनाथ महानगरपालिका कार्यालय लगायत जिल्ला स्थीत राजनैतिक दलका प्रमुख तथा कास्कीबाट निर्बाचित सांसदलाई ज्ञापनपत्र पेस गरेका छन् । माग संबोधन नभए महानगरपालिका घेराउ, निर्बाचनका सबै कार्यक्रम बहिस्कार तथा नगरपालिकाका सेवा सुबिधा बहिस्कार सम्मको कार्यक्रम गर्ने संर्घष समितीका सचिव श्रीराम सुबेदीले बताए ।
यता राज्य पुर्नसरचनाको खाका अनुसार गाऊँवासीले सेवाग्रहण गर्दा अपायक पर्ने र थुपै्र झन्झट बेहोर्नु पर्ने ठहर गर्दै कास्कीको ढिकुरपोखरीवासी सघर्षका उत्रिएका छन् ।खाका अनुसार साबिकको ढिकुरपोखरी गाविसलाई अन्नपुर्ण गाँउपालिकामा राखिएको जसको केन्द्र समग्र गाऊँबासीका लागि अपायक भएको भन्दै उनिहरु ढिकुरपोखरीलाई पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ३४ कायम गर्नुपर्ने ठहर गर्दै सघर्षमा उत्रिएका छन् ।
जसअन्र्तगत गाऊँवासीले पोखरा बाग्लुङ राजमार्गको नागडाँडा खण्डमा दिउँसो १२ बजेदेखि १ बजेसम्म १ घण्टा चक्काजाम गरेका छन् ।त्यस्तै ढिकुरपोखरी गाऊँको सर्वदलिय बैठकले सोमवार विहान गाविसलाई पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ३४ कायम गर्नुपर्ने भन्दै एक सुत्रिय निर्णय गरेको छ ।गाऊँवासीले वडा नं. ३४ कायम नभएसम्म सघर्षलाई नरोक्ने र थप संघर्षका कार्यक्रमहरु गर्दै जाने बताएका छन् ।
गाऊँवासीले आफुहरुका जायज मागमा कुनै बहाना देखाई आलटाल एवं ढिलासुस्ती गरिए कडा सघर्षमा उत्रिने चेतावनी दिएका छन् ।उनीहरुले निर्णय नसचिएको खण्डमा पोखरा बाग्लुङ राजमार्ग अनिश्चीतकालिन रुपमा ठप्प पार्ने, आगामि स्थानिय निकायको निर्वाचन बहिस्कार गर्ने जनाएका छन् ।