पोखरा – पर्यटकीय शहर पोखरामा आएका विदेशी पर्यटकहरुले नेपालीहरुको मौलिक पर्व फागु मनाएका छन । आन्तरिक संगै बाह्य पर्यटकहरुले पोखराको लेकसाइड क्षेत्रमा आपसी सदभाव साटासाट गर्दै सामुहिक रुपमा एक आपसमा रंग खेलेर होली मनाएका हुन । पोखरा सवै मौसमका लागी भन्ने नारा अनुरुप पोखरामा हरेक मौसम तथा उत्सवहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुले उत्सव मनाउनका लागी पोखरामालाई नै रोज्ने गर्दछन । अंग्रेजी नयावर्ष, दशै तिहार जस्तै होलीमा पनि पर्यटकहरुले पोखरालाई नै रोज्ने गर्दछन ।
पर्यटकको बसाइ लम्ब्याउन उद्देश्यले पोखराको लेकसाइडमा १० वर्षदेखि फागुपूर्णिमामा ‘होली उत्सव गर्ने गरेको रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ बताए । नेपालको सांस्कृतिक विविधतासँगै होलीको महत्वव बुझेपछि उत्सवमा सहभागी पर्यटक रङहरुमा रमाउने गरेका छन् ।
यता नेपाल पत्रकार महासंघ कास्कीले फागुपुर्णिमा (होली) पर्व आईतबार महासंघ परिसरमै हर्स उस्लाहासका साथ मनाएको छ ।
विभिन्न संचार माध्यमहरुमा आवद्ध पत्रकारहरु एक आपसमा रंग लगायर शुभकामना आदान प्रदान गरी होली पर्व यस बर्ष पनि महासंघ कास्की शाखामा हर्स उल्लाहासका साथ मनाईएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताउनु भयो।
पत्रकारहरु संगै एकै थलोमा भेला भयर होली पर्व मनाउदा मनोरन्जन हुनुका साथै एक आपसमा मित्र भाव बढेको श्रेष्ठले बताउनु भयो ।
होली पर्वको अवसरमा महासंघमा धेरै पत्रकारहरु सहभागि भएर होली पर्व हर्स र उल्लाहासका साथ मनाईरहदा आगामी बर्षमा देशको दिगो शान्तिको कामना सहित पत्रकारहरुले होली पर्व मनाएको महासंघ कास्कीका सह–सचिव एवं उक्त कार्यक्रमका संयोजकत्व दीननाथ बरालले बताए ।
यता होलीमा होहल्ला र नियम विपरित सवारी चलाएको भन्दै कास्की प्रहरीले २८ जनालाई प्रक्राउ गरेको छ ।
पोखराबाट १९ मोटरसाइल, ९ स्कुटर सहित २८ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । होलीमा उश्रृखल गतिविधि हुन नदिन बिहानैदेखि पोखराका चोक चोक र भित्रि गल्लीमा प्रहरीले निग्रानी राखेको थियो ।
आइतबार काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लघंन गर्ने १२ सय ५४ जना पक्राउ परेका छन् । १२ सय ५४ वटा सवारी चालकले नियम उल्लघंन गरेकाले सवारीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई आइतबार साझँ नै प्रहरीले छाडेको जनाएको छ ।