कोपनहेगन । नेपाली कांग्रेसमा महामन्त्री डा. शशांक कोइराला सहितका नेताहरु डेनमार्क आउने भएका छन् । नेपाली जनसम्पर्क समिति डेनमार्क को निमन्त्रणामा कोइराला संगै, केन्द्रिय सदस्यहरु चन्द भण्डारी, एन.पी. साउद, सुरेन्द्र पाण्डे आउने भएका हुन् ।
कोपनहेगनमा नेपाली जनसम्पर्क समिति डेनमार्कले आयोजना गरेको कार्यक्रमलाई महामन्त्री कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाली जनसम्पर्क समितिले यहि अाँउदो शुक्रबार अर्थात १० मार्च २०१७ का दिन “संविधान कार्यान्वयन र राष्ट्रियताको सवालमा नेपाली काँग्रेसको भूमिका” बिषयक खुल्ला अन्तरक्रिया कार्यक्रमको अायोजना गर्दै छ । कार्यक्रमको लागि तयारी भैरहेको नेपाली जनसम्पर्क समिति डेनमार्कका नव निर्वाचीत सभापती विरेन्द्र सिंह कार्कीले बताए । उनले बताए अनुसार हल व्यवस्थापन लगायतका कुराहरु भैसकेकोले कार्यक्रम भव्य हुनेछ । छोटो समयको तयारीका बाबजुत पनि कार्यक्रम सफल हुने उनले बताए ।
यसैगरी जनसम्पर्क समिति डेनमार्कका महामन्त्री यादव बस्नेतले एक सुचना जारी गर्दै उपस्थितिको लागि अनुरोध गरेका छन् । उनले बताए अन्सुआर यो खुल्ला अन्तरक्रिया कार्यक्रम भएकोले धेरै डेनमार्कबासी नेपालीहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
निम्न समय र स्थानमा कार्यक्रम हुने जनसम्पर्क समिति डेनमार्कले जनाएको छ ।
समय : दिनको ठिक ४:३० बजे ।
स्थान : Charlotte Ammundsens Plads 3
1359 København K