सशस्त्र प्रहरीको ‘कमाण्ड तथा स्टाफ कोर्ष’ सम्पन्न,गृहमन्त्रीद्वारा प्रंशसा


काठमाडौं/  उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले सशस्त्र प्रहरी बलमा संचालित ‘कमाण्ड तथा स्टाफ कोर्ष’को शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित विशेष समारोहका बीच समापन गर्नुभयो । अठार महिना अवधिको ‘कमाण्ड तथा स्टाफ कोर्ष’ २०७२ साल असोजबाट सुरु भएको थियो ।

सशस्त्र प्रहरी बलका १० जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको सहभागिता रहेको सो कोर्षमा सशस्त्र प्रहरी नायव उपरीक्षक दीपक बरालले बेष्ट रिसर्च अवार्ड, बेष्ट एकेडेमिक अवार्ड र बेष्ट कमाण्ड तथा स्टाफ कोर्ष अवार्ड प्राप्त गर्न सफल भएका छन् । सो कोर्षमा सहभागि प्रशिक्षार्थीहरुलाई उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि, त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा.सुधा त्रिपाठी र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।17101792_1604029406292004_971855297_nसमारोहलाई सम्बोधन गर्नुहुँदै उपप्रधान तथा गृहमन्त्री निधिले सशस्त्र प्रहरी बलको व्यावसायीक कार्यका लागि मात्रै नभएर व्यक्तिगत जिवनमा समेत यस प्रकारका कोर्षको उच्च महत्व रहने चर्चा गर्नुभयो । उहाँले आगामी दिनमा आउन सक्ने नयाँ सुरक्षा चुनौतीहरुलाई सामना गर्दै राज्यप्रदत्त जिम्मेवारी निर्वाहका लागि यो कोर्ष कोशेढुंगा सावित हुने विश्वास व्यक्ति गर्नुहुँदै सशस्त्र प्रहरी बलले कार्यक्षेत्रमा प्रदर्शन गर्दै आएको उच्च व्यावसायीक कार्यकुशलताको प्रशंसा गर्नुभयो ।

स्वतन्त्र र निष्पक्ष निर्वाचन लोकतन्त्रको मूल आधार भएको बताउनुहुँदै उपप्रधान तथा गृहमन्त्री निधिले आगामी दिनमा हुने स्थानीय तहको निर्वाचनमा सशस्त्र प्रहरी बलको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचनका लागि आ–आफ्नो तर्फबाट इमान्दारिताको साथ उत्कृष्ट कार्य गर्न निर्देशन दिनुहुँदै सरकारबाट प्राप्त हुने जुनसुकै जिम्मेवारी र दायित्वलाई पनि व्यावसायीक ढंगबाट पुरा गर्नको लागि तयार रहनुपर्ने बताउनुभयो ।

सो अवसरमा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा.सुधा त्रिपाठीले यस प्रकारको शैक्षिक क्षमताले व्यावसायीक जिवनमा महत्वपूर्ण भूमिका खेल्ने चर्चा गर्नहुँदै दिक्षित भएका जनशक्ति सशस्त्र प्रहरी बल र सिंगो मुलुकको लागि समेत महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले आधुनिक समाज निर्माणमा व्यावसायीक दक्षताको आवश्यकता पर्ने बताउनुहुँदै बदलिदो परिस्थितिको सामना गर्न यो कोर्ष सहायकसिद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।17097777_1278934842199418_179358068878840711_oसमारोहमा सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले संगठनको लक्ष्य प्राप्तीमा उत्कृष्ट कर्मचारीको महत्वपूर्ण भूमिका हुने भएकोले समाजमा देखा पर्दै गएका नयाँ सुरक्षा चुनौतीहरुलाई उचित ढंगले व्यवस्थापन गर्नको लागि कोर्ष पुरा गरेका प्रशिक्षार्थीहरु सफल रहने बताउनुभयो ।

कमाण्ड तथा स्टाफ कोर्षलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने त्रिभुवन विश्वविद्यालय लगायत सम्बन्धित सबैप्रति आभार प्रकट गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले यस किसिमको उच्च स्तरको कोर्षबाट दिक्षित भएका अधिकृतहरुले फिल्डमा मार्गदर्शनको रुपमा कार्यगर्ने विश्वास व्यक्त गर्नुभयो ।17097823_1278934928866076_4740875475876972737_oसशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कोर्ष व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी नायव महानिरीक्षक रामशरण पौडेलले स्वागत मन्तव्यको क्रममा कोर्षमा सहभागि अधिकृतहरुलाई मुलुकभित्र र मुलुक बाहिरका सुरक्षा निकाय लगायत विभिन्न क्षेत्रको शैक्षिक भ्रमण गराउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा सम्बन्धी एवं अन्य विविध विषयमा प्रशिक्षण दिइएको बताउनुभयो । ‘सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेज’ काठमाडौंको सानोगौचरणमा स्थापना भए पश्चात सञ्चालित यो पहिलो कोर्ष हो ।17102110_1604029409625337_1129280555_n