बेल्जियम कांग्रेसमय बन्दै, किन दिए माधव सापकोटाले उम्मेदवारी ?


कोपनहेगन । यो पटक फेरी युरोपमा नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमको अधिवेशनले नेपाली कांग्रेस समर्थकहरुमा एउटा तरंग ल्याएको छ । यसैबीच माधव सापकोटाले सभापती पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । बेल्जियम कांग्रेस तथा नेपाली समाजमा एउटा छुट्टै छवी बनाएका र सबै नेपालीहरु प्रती मिलनसार छवी बनाएका सापकोटा अहिले युरोप कांग्रेसमा चर्चीत बनेका छन् ।  नेपालमा वाग्लुङ्ग घर भएका सापकोटा विगत ६२/६३ को आन्दोलनमा जेल समेत परेका थिए । सभापती पदमा उम्मेदवारी दिंदै गर्दा उनले निम्न कुरा उल्लेख गरेका छन् ।

नेपाली काँग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिति बेल्जियममा मेरो उम्मेदवारी दावी गर्दैगर्दा पार्टी सिद्धान्त, महान नेताहरुको विचार र विदेशमा रहेका आस्था र निष्ठावानसाथीहरुको देशप्रेम, पार्टीप्रेम भावनाको प्रतिनिधित्व मेरो जिम्मेवारी हुनेछ । साथीहरुलाई थाहै भएको कुरा हो विगतमा संस्था विवादित नहुन सकेन । विदेशी माटोमा नेपाली भावनाको सुवास छर्ने प्रयत्न सदा कायम रहने छ ।

दावी प्रस्तुत गर्दैगर्दा आफ्नो धरातल र विगत भुल्नु हुन्न मलाई याद छ २०५० सालमा नेविसंघको जनजागृति मावीमा इकाईसचिवको जिम्मेवारीपाएदेखि २०५३ वाट गल्कोट माविको इकाईअध्यक्षमा जिम्मेवारी बढ्दै गइरहेको प्रत्येक जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको सानै भएपनि योगदान इमान्दारीपूर्वक छ । त्यसयता २०५४ मा बाग्लुङ्ग जिल्ला क्षेत्र नं. २ को क्षेत्रिय सचिव हुँदै महेन्द्र बहुमुखी क्याम्पस बाग्लुङ्गमा नेविसंघको तर्फबाट स्ववियुको सहसचिवको उम्मेदवार हुन पुगेँ । नेविसंघले फेरि जिल्ला कार्यसमितिको सदस्य तथा २०५७ सालमा महेन्द्र बुहुमुखी क्याम्पसको इकाई समितिको उपाध्यक्ष पदमा जिम्मेवारी दिइयो जसलाई इमान्दारीपूर्वक निर्वाह गरेँ ।

२०५९ सालमा नेविसंघ बाग्लुङ्गको अध्यक्ष हुँदै त्रिभूवन युनिभर्सिटी विश्वविद्यालय कीर्तिपुरको इकाई सदस्य हुँदैगर्दा देशका विभिन्न आन्दोलनमा सरिक हुन पाउँदा गौरवान्वित भएको छु । २०६१ सालमा राजाको निरकुंशताको विरुद्ध आन्दोलनमा ५ दिनसम्म हिरासतमा रहेको जीवनको कालखण्डको एउटा इतिहास छ । अखिलका कार्यकर्ताबाट बेलाबेलामा पाएका यातनाको कुरा गरि साध्य छैन ।

तर मैले आफ्ना विगत कोट्याउनुको पछाडि स्पष्ट कारण यहाँहरुसमक्ष राख्न चाहान्छु । पार्टीमा मैले आफ्नो तल्लो इकाइबाट काम गरेको कारणले प्रवासमा पनि त्यही अनुरुपको योजना र कार्यक्षमता ममा जीर्ण बनेर रहेको कुरा प्रस्तुत गर्दछु ।

राजनीतिमा प्रतिस्पर्धा जरुरी छ र हुनुपर्दछ तर ती प्रतिस्पर्धा जालझेलरहित इगो र आवेशमा नभई राष्ट्र समाज र पार्टीप्रति बफदारी हुनु आवश्यक हो । एक व्यक्ति एक पदको सिद्धान्त प्रवासबाट किन नगर्ने? नौलो गरौं फरक गरौं दिर्घकालिन गरौं भन्ने मान्यता मेरो हो । साना झिनामसिना कुराहरुलाई लिएर पानीबाराबारको स्थिति संस्थाभित्र भित्राउनु मात्र होइन समाजको लागि पनि दुर्गन्धित हुन्छ । यी सबैकुरा विर्सेर पार्टीलाई सहमती सहकार्य गरेर अघि बढ्नु पर्ने हुन्छ ।

अग्रजको माया र बेल्जियमबासी नेपालीको एकतालाई अझ सुदृढ बनाउने र निर्वाचनै गर्नुपरेमा पनि पार्टीका लागि योगदान दिएका महान नेताहरु स्वर्गीय वीपी कोइराला, सुवर्ण शम्सेर, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालगायत लाखौ महान शहिदहरुको भावना, उनीहरुको मार्गदर्शन र संस्कारलाई उनीहरुको आत्मालाई सम्मान गर्दै उनीहरुको बसाएको संस्कारलाई स्वीकारगरी निर्वाचनै भए आचार संहिता पालना गर्नेछु ताकी मृतहरुको पनि आर्शिवाद लागोस् भन्दै सबै साथीहरुलाई नेपाली जनसम्पर्क समिति बेल्जियमको यही मार्च ५, २०१७ मा हुने चौथो अधिवेशनमा मैले आफ्नो अध्यक्षका लागि उम्मेदवारी दावी प्रस्तुत गर्ने जानकारी गराउँदछु अन्त्यमा मेरो यो सानो विज्ञप्ति यही टुँग्याउँछु । जय नेपाल ।

यिनै कुराहरु उल्लेख गर्दै सापकोटाले सभापती पदमा उम्मेदवारी दिएका छन् ।