ल हेरौ आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेज


आज बिहीबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले फरक-फरक समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।

नयाँ पत्रिका दैनिकले विद्युत अप्रेसनमा झण्डै २५ सय कर्मचारीको सरुवा भएको समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ । त्यस्तै, चुनाव घोषणाको सर्तमा एमाले संविधान संशोधनका लागि लचिलो बनेको समाचार र भ्रष्टाचारमा नेपाल दक्षिण एसियाका तेस्रो स्थानमा परेको समाचार नयाँ पत्रिकाको फ्रन्टपेजमा प्रकाशित छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले सरकारी वकिल र न्यायपरिषद्बीच भएको वार्तासम्बन्धी समाचारलाई महत्वका दिएर छापेको छ । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ताघटक कांग्रेससँग सशंकित भएको समाचार र राप्रपाले संविधान संशोधनमा समर्थन नगर्ने समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।

नागरिक दैनिकले पुनर्निर्माणमा गैरसरकारी संस्थाको मनपरी भएको समाचारलाई प्राथमिकता दिएको छ । प्रधानमन्त्री दाहालले स्थानीय तह पुनर्संचना प्रतिवेदनलाई मन्त्रिपरिषद्मा लैजान रोकेको समाचारलाई पनि नागरिकले महत्व दिएको छ ।

कान्तिपुर दैनिकले खुला बजारलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धक्का भन्दै समाचार छापेको छ ।

गोरखापत्र दैनिकले निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएको समाचारलाई महत्व दिएको छ ।

राजधानी दैनिकले स्थानीय निर्वाचनबारे सत्तारुढ दलभित्रै अन्योल भएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।
6
1
2
5
4
3