पोखरा- पूवप्रधानमन्त्री एवं नेकपा एमाले वरिष्ठ नेतामाधबकुमार नेपालले संक्रमणकाल अन्त्य गदै संविधानको प्रभावकारी कार्यान्वयनका लागी तत्काल निवाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् । उनले अहिले संविधान संसोधन गर्ने बेला भन्दा पनि निवाचन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले संविधान कार्यान्वयनका लागी स्थानिय तह, प्रदेश र प्रतिनिधि सभा गरि तिनै तहको निवाचनको गरेर अगाडी बढनुपर्ने बताए । ‘तिनै तहको निवाचन गरेर अहिले देशमा देखिएका सवै खाले संकटको अन्त्य गर्ने उत्तम बाटो हो, त्यसैले निवाचन घोषणा गर्न ढिला गर्नुहुदैन् ’उउनको भनाई थियो । अहिले संविधान संसोधन गर्ने बेला हैन् उनले चने –‘यो निवाचनमा जुटने बेला हो, संविधान संसोधनको माग नेपाली जनताको हैन् ।’
उनले आउदो माघ ७ गतेभित्र तिन तहको निवाचन नभए देशमा राजनीतिक र संवैधानिक संकट आउने बताउदै निवाचनका लागी सरकारले निवाचन कानुन ल्याउनुपर्नेमा जोड दिए । ‘संविधानको प्रभावकारी कार्यान्वका लागी र सवैधानिक संकटबाट मुक्त हुन निवाचन गर्नुपर्छ ।’ नेता नेपालले सरकार निवाचन गराउन गम्भीर नभएको बताए । ‘निवाचन सम्पन्न भएर २०७४ माघ सात गतेभित्र नयाँ राजनीतिक संरचना अनुसार काम हुनुपर्ने हो तर समय लम्ब्याउन खोजिएको छ, यो गलत र कुनियत छ’उनको भनाई थियो ।
उनले निवाचन कानुन ल्याउन नसक्ने बर्तमान सरकार नालायक भएको आरोप लगाउदै छलफल गर्ने तर बैठक नराख्ने गरेकोले निवाचन हुन्छ भन्ने विश्वास नभएको बताए । सरकारले इमान्दारीताका साथ निवाचनको वातावरण निर्माण गदै निवाचनका लागी आवश्यक कानुन निर्माण गर्न संसोधन गर्नुपर्ने कुरा भए छलफल गर्न आफुहरु तयार भएको उनले बताए । ‘पहिलेको निर्वाचन सम्बन्धी विधेक परिमार्ज गरेर पास गर्न नसक्ने कस्तो नालायक सरकार,’ नेता नेपालले भने –‘सरकार जनातामा जना डराएको छ, त्यही भएर निर्वाचन गर्न डराएको छ ।’
पत्रकार भेटघाट प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष रामजी लम्साल र संचालन सहसचिव मोतीसागर अधिकारीले गरेका थिए ।