प्रधानमन्त्री दाहालको कार्यकालमा तीनै तहको चुनाव नहुने सम्भावना बढ्दै (छापाबाट)


प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा नयाँ संवैधानिक व्यवस्था अनुसार तीनै तहको चुनाव नहुने सम्भावना बढ्दै गएको छ। प्रमुख सत्ता साझेदार नेपाली कांग्रेससँग भएको भद्र सहमती अनुसार दाहालको कार्यकाल वैशाख मध्यसम्म मात्रै छ।

नयाँ संविधानप्रति विमती जनाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमती जुटाउने नाममा प्रतिक्षा गर्दा दाहालको कार्यकालमा कुनै पनि तहको चुनाव नहुने सम्भावना बढेको हो। भद्र सहमती पालना भए चुनाव कांग्रेस नेतृत्वको सरकारमा मात्र हुने देखिएको छ। आजको नागरिक दैनिकमा खबर छ ।