बहिनीको हत्यारालाई कारवाही भएन भने, देशका लागि के गर्नु ? – बिमल घर्ती मगर


काठमाडौं । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरले आजसम्म देशको लागि लडेको भन्दै उनले अब ‘बहिनीको लागि लड्ने’ फेसबुकमा लेखेका छन् ।आफ्नी बहिनी मनिषाको ‘हत्या’ गर्नेमाथि कारवाही गर्नुपर्ने माग गर्दै उनी लेख्छन्, ‘सानो छँदा बाबु गुमाएँ । बाबु पनि देशको लागि लड्नुहुन्थ्यो । बिस्तारै त्यो पीडा भुल्दै जाँदा आज १० वर्ष भएको थियो ।

आज अर्को पीडा थपियो मेरो परिवारमा । मैले पनि देशका लागि कति गरेँ, तर मेरो घरमा यस्तो हुँदा सरकारले केही गरेन भने यो देशका लागि गरेर के काम । एउटा आज देशको लागि गर्ने मान्छे सुरक्षा छैन भने अरु आम नेपाली जनता कसरी बस्नु यो नेपालमा मेरो बहिनीको हत्या गर्ने मान्छेलाई कारवाही भएन भने यो देशको लागि के गर्नु । आज म रोइ रहेको छु, भोलि अरु कोही रोइरहेको होला । मलाई सबको साथ चाहिएको छ । अब देशको लागि लडें अब बहिनीको लागि लड्छु ।’

Bimal-Ghartimagar-Status