अपाङ्गलाई टेबलटेनिसको प्रशिक्षण


पोखरा । कास्की जिल्ला टेबलटेनिस संघको ब्यबस्थापनमा पोखरा रंगशालामा पाराएथेलेक्ट टेबलटेनिस खेलको प्रशिक्षण दिईएको छ ।

अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघको सहयोगमा भइ रहेको सो प्रशिक्षणमा राष्ट्रिय वकालत संघ नेपालका अध्यक्ष सुर्यबहादुर रानाभाट यात्री, स्वाबलम्बन जीवन पद्धति समाज नेपाल महासचिव हेमबहादुर गुरुङलगाएतले प्रशिक्षण लिईरहेका छन् ।

संघका अध्यक्ष तथा सिनियर प्रशिक्षक उत्तम जोशी र सहायक प्रशिक्षक ज्योति गुरुङले उनीहरुलाइ प्रशिक्षण दिइरहेका छन् ।

संघलाई आईटिटिएफले दुईवटा टेबलटेनिस बोर्ड सहयोग गरेको छ भने गतहप्ता महासंघका उपाध्यक्ष ग्लेन टेप्परले कास्की जिल्ला टेबलटेनिस संघका गतिविधिको बारेमा जानकारी लिएका थिए ।