दुबईमा पाँच नेपालीको भाग्य चम्कियो, २० करोड रुपैयाँको चिठ्ठा पर्यो


वैदेशिक रोजगारीका शिलशिलामा दुबई आएका नेपाल पाँच जनाले यूएईको ‘बिग टिकट’ भाग्यशाली चिठ्ठामा झण्डै बीस करोड नेपाली रुपैयाँ प्राप्त गरेका छन् ।
बिग टिकट किन्ने अन्तिम दिन मार्च ३१ तारिक लिइएको ४५८८७ नम्बरको भाग्यशाली टिकटमा ७ मिलियन दिराम्स अर्थात २० करोड नेपाली रुपैयाँ भाग्यशाली चिठा दार्जिलिङकी सुनयना राईको नाममा परेको हो ।

काठमाडौंका सुनील लामासहित झापाकी उशा थापा मगर, आशा थापा मगर र मिना राई मिलेर किनेको टिकटमा यो पुरस्कार परेको हो । पाँच जना नेपाली मिलेर ५ सय दिराम्समा चिठ्ठा किनेका थिए ।

प्राप्त रकम प्रतिव्यक्ति चार-चार करोड नेपाली रुपैयाँ प्रतिव्यक्ति भाग लगाउने राईले बताएकी छिन् । राईले भने केही रकम च्यारिटीमा खर्च गर्ने बताएकी छिन् ।
अन्यले भने मिडियामा आउन चाहेका छैनन् ।-onlinekhbar

3 COMMENTS

Comments are closed.