गैरआवासीय नेपाली सँघ अन्तर्गत बिभिन्न कार्यदलहरुले समिति बिस्तार गर्ने क्रममा पोलिसी तथा प्रोसिडर्स कार्यदलले पूर्णता पाएको छ। संघका महासचिव डा. बद्रि केसी संयोजक रहेको कार्यदलले पूर्णता पाएको हो।
समितिको सल्लाहाकारका डा. गणेश गुरुङ, डा. कुल चन्द्र गौतम र डा. अम्बिका अधिकारी रहेका छन् । यस्तै कार्यदलमा ध्रुव सुवेदी (उपसंयोजक), नारायण प्रसाद काफ्ले (उपसंयोजक) रहेका छन्।
कार्यदल सदस्यहरुमा एकनाथ खतिवडा, प्रीतम गुरुङ, बिनोद भट्टराई, होमनाथ गौतम, डा. बिध्या रन्जित,डा.तुल्सी धरेल, एमबी गुरुङ, भक्त गुरुङ, दीपक खरेल र गंगाराज राई छन् ।
सो कार्यदलको रिक्त तिन सदस्यहरु भने कार्यदलको पहिलो बैठक पछि पुरा गर्ने बताईएको छ।कार्यदलको बैठक हरेक तिन- तिन महिनामा बैठक बस्ने भएको छ।