कृष्ण रानाभाट /पोखरा ।
फागु पुर्णीमाको अबसरमा सामुदायिक रेडियो हिमचुली एफ एम ९२.२ ले सोमबार होलि बिशेष कार्यक्रम गरेको छ ।
नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राजेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको शुभ कामना आदानप्रदान तथा सम्मान कार्यक्रममा विभिन्न कलाकार हरुले लोक गीत गाउनुका साथै हास्य प्रहसन समेत गरेका थिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सदस्य चोलेन्द्र पौडेल, गण्डकीका अध्यक्ष जीवन दाहाल, सचिव सुरेन्द्र गुरुङ, सदस्य लक्ष्मी नेपाली, हास्य कलाकार दिवाकर भण्डारी हुर्जा कास्कीका अध्यक्ष राजेश पराजुलीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
त्यसै गरि होलि बिशेष कार्यक्रमको मुख्य प्रायोजक पौडेल मोबाइल, प्रायोजकहरु दरबारथोक एड्भरटाईजिङ एजेन्सी, सन्ध्या कन्सल्टेन्सी, युरिका एसएलसि होस्टेल, होटल शिद्धार्थ लगाएतलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ कास्कीका सचिव एबं दरबारथोक एडभरटाईजिङ्का कृष्ण रानाभाट, युरिका होस्टेलका प्रो. शिवप्रसाद सुवेदीलगाएत कलाकारहरुले शुभकामना व्यक्त गर्दै पत्रकार उत्पादनमा हिमचुली एफएमको भुमिका ठुलो रहेको बताए ।
पोखराको पहिलो सामुदायिक रेडियो हिमचुली एफएमका स्टेशन म्यानेजर दिलिप राईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सब स्टेशन म्यानेजर ऋषिराम दाहालले गरेका थिए ।