सातौं हेमजा आलु महोत्सव चैत २३ बाट


कृष्ण रानाभाट/पोखरा ।

विभिन्न उद्धेश्यहरु राखि यस वर्षको अन्तिममा कास्की जिल्लाको पोखरा २७ हेमजामा सातौं आलु महोत्सव चैतको २३ गतेदेखि गर्ने गरी तयारी अन्तिम अवस्थामा पुगेको विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।

हेमजा लगायत यस आसपासका क्षेत्र जहाँँ कृषक र कृषि उत्पादनको समग्र रुपमा आर्थिक तथा सामाजिक उत्पादनका लागि कृषि, पर्यटन, साँस्कृतिक, व्यापार, खेलकुद, धार्मिक तथा अन्य क्षेत्रको रुपमा विकास गर्दै कृषि क्षेत्रको रुपमा परिचित गराउने । कृषि सवलीकरणका लागि पर्यटन र जैविक विविधताको प्रचार पसार गरि कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्न ठोस पहल गर्ने ।

हेमजालाई देश विदेशमा परिचित गराई हेमजाको कृषि उत्पादन तथा विकासमा टेवा पु¥याउने, सामाजिक एकताका साथै यहाँका युवा युवतीलाई व्यवसायमा आर्कर्षित गराउने, दिन प्रतिदिन गाउँको युवाशक्ति विदेशिदै गैरहेको अवस्थामा गाउँमा नै व्यवसायिक कृषि एवं पर्यटनमा आकर्षित गराउने मूख्य लक्ष्य रहेको छ ।

साथै आधुनिक कृषि व्यवसायबाट यस क्षेत्रलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने, पो.उ.न.पाको एउटा सक्षम, सवल र योग्य राज्यको आर्थिक वृद्धिका अग्रसर गराउदै सक्षम हेमजालाई स्थापित गराउने, लोक सँस्कृतिको जगेर्णा गर्दै व्यवसायिक चेतना अभिवृद्धि गरि लगानीका अवसर सृजना गर्ने, हेमजामा लगायत यस आसपासका क्षेत्रमा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीका वृहत प्रदर्शन तथा प्रचार प्रसार गर्ने पनि महोत्सवको लक्ष्य रहेको सो अवसरमा जानकारी दिईयो।

त्यस्तै आलु उत्पादनको बजारीकरण तथा प्रवद्र्धनको लागि सम्बन्धित पक्षसँगको अन्तरक्रिया तथा गोष्ठी कार्यक्रमको आयोजना गर्ने, हेमजा लगायत आसपासका क्षेत्रलाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, हेमजास्थित पर्यटकीय क्षेत्र जस्तैः लायर, बन्जी जम्पकोलागि सेतीनदी, साहसिक खेलका लागि जिप फ्लायर, बौद्ध गुम्बा, विभिन्न धार्मिक मठमन्दिरहरु र कृषि उत्पादन क्षेत्रहरुको प्रचार प्रचार गरि हेमजालाई विविधताको गाउँको रुपमा स्थापित गर्ने, उत्पादक र उपभोक्ता विचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, कोल्ड स्टोर्स निर्माण गर्ने पहल गर्ने आयोजकको विश्वास रहेको छ।

महोत्सवलाई भव्य एवं स्तरिय रुपमा आयोजना गर्नको लागि श्री विष्णु पादुका क्लबका अध्यक्ष श्री रमेश कार्कीको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति र २१ सदस्य कार्य सम्पादन समिति, २२ वटा उपसमिति गठन गरि जिम्मेवारी हस्तान्तरण गरिएको, महोत्सवमा १२ वटा आलुका परिकारका स्टल, ५० वटा व्यवसायी स्टल, ३० वटा कृषी प्रविधि प्रदर्शनी र प्राथमिक उपचार केन्द्र र सुचना केन्द्र रहने व्यवस्था मिलाउनुका साथै महोत्सवमा टिकट विद्यार्थी सहुलियत रु. ३०/— र अन्यमा रु. ५०/— को व्यवस्था गरिएको छ ।

आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शन, आलुको ठुलो पहाड निर्माण, आलुको विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शन, वाल उद्यान, विविध साँस्कृतिक कार्यक्रम, लोक दोहोरी तथा साँगितिक समूहको प्रस्तुति, स्थानीय भेषभुषा झल्कने साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, चर्चित हाँस्य कलाकारहरुको प्रस्तुति, जापानीज सुन्तलाको प्रदर्शनी, कृषि प्रदर्शनको अनुगमन, विभिन्न कृषि विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनीहरु प्नि गरिने छ।

त्यस्तै सेति नदी ¥याफ्टि टिकट उपलब्ध गराइनेछ, जीपलाइन फ्लायर÷बन्जी जम्प (टिकट उपलब्ध गराइनेछ, प्याराग्लाईडि टिकट उपलब्ध गराइनेछ, महिलाहरुको कृषि गीत प्रतियोगिता संचालन गर्ने लगायतका महोत्सवका आकर्षणहरु रहेको जानकारी दिईयो।

हेमजाको परिचय ः

सुन्दर हेमजा अनि सातौं हेमजा आलु महोत्सव, विश्वकै अग्ला हिमाल, अन्नपूर्ण, धौंलागिरी, फेवातालमा पौडी खेल्ने माछापुच्छ«े, अनि विश्वकै नमुना पर्यटकीय शहर पोखरा, सेती नदी र याम्दी खोला विचको समथर भु—भाग हेमजा, कृषि उतपादन, लायर, बन्जीजम्प, भजन¥याफ्टी, बौद्ध गुम्बा, प्राकृति सौन्दर्य, साहित्य, खेलकुद, जिप समूहहरु, शैक्षिक संस्था, व्यवसायी अनि विविधताले भरिपूर्ण हेमजालाई प्रख्यात बनाउने कार्य गरेको छ, साथै हिमाल पारिका जिल्ला मुस्ताङ, मनाङ तथा तिब्बत जोड्ने राजमार्गले गर्दा यस क्षेत्रलाई व्यवसायीक तथा पर्यटकीय रुपमा देश विदेशमा परिचित गराउन सहयोग पु¥याएको छ ।

हेमजा एउटा आफैमा पनि रमणीय स्थान भएको हुँदा र राज्यबाट पनि यसको प्रचुर सभाव्यतालाई हेरी नेपाल सरकारको मिति २०७१ मंसिर १६ गते को निर्णय अनुसार पोखरा उपमहानगरपालिकामा संमायोजन गरी वडा नं. २७ को रुपमा कायम गरियो । पुनः सम्पुर्ण हेमजाको समृद्रीको लागि र हेमजा बासीको चाहना अनुरुप हेमजालाई नेपाल सरकारको निर्णय अनुसार मिति २०७२ असोज १ गते दुईवटा वडामा विभाजन गरि वडा नंं २७ र २९ कायम गरियो । हेमजा सामुन्द्रिक सतहदेखि १०८९ मिटरको उचाईमा अवस्थित छ । वि.सं. २०६८ को जनगणना अनुसार यहाँ जम्मा घर संङ्ख्या ३०१९ छ भने यहाँँको जम्मा जनसङ्ख्या १२,२६२ छ । जसमा महिलाहरु ६,६२९ र पुरुष ५,६३३ रहेका छन् । हेमजाको कुल क्षेत्रफल १,९७१ हेक्टर रहेको छ भने ६५० हेक्टरमा आलु खेती गरिन्छ, यस खेतीमा यहाँँका ११५० घरपरिवार कृषिमा आधारित छन् भने ६५० कृषकले व्यवसायिक आलु खेती गर्दछन् ।

हेमजामा उत्पादन हुने कृषि उत्पादन जस्तैः आलु, काउली, गोलभेडाँ, च्याउ, धान, बन्दा साथै अन्य कृषि जन्य उत्पादनहरु यस गाउँका मुख्य कृषि उपजहरु हुन् । यिनै विविध कृषि उत्पादनको प्रवद्र्धन तथा कृषि पर्यटनको प्रचार प्रसारको लागि सातौं हेमजा आलु महोत्सव—२०७२ मुल आयोजक समिति तथा श्री विष्णु पादुका क्लबको आयोजनामा यही मिति २०७२ चैत्र २३ गते बाट चैत्र ३० गते सम्म महोत्सव संचालन गरिने भएको छ ।