युरोपेली नेपाली डायस्पोराबाट कविता सग्रह प्रकाशन गरीने


बेल्जियम/ युरोपेली नेपाली डायस्पोरामा रहेका नेपाली कविहरुका कविता संकलन गरी कविता सग्रह प्रकाशन गरीने भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले कविता सग्रहको प्रकाशन गर्न लागेको हो।

थुप्रै कविहरुका कविता प्राप्त भएको र अन्य केहि थप कविताहरु अप्रिल महिनाभरी संकलन गरी छिट्टै प्रकाशन गरिने अनेसास बेल्जियमले जनाएको छ।

कविता पठाउन चाहनुहुने कविहरुले व्यक्तिगत विवरण (नाम, नेपालको ठेगाना हाल बसोसाव गरेको देश र एक प्रति फोटो अनिवार्य, साथै प्रकाशित पुस्तकको नाम, प्राप्त पुरस्कार) समेत पठाउन अनेसास बेल्जियमले आग्रह गरेको छ।

कविता अनेसास बेल्जियमको इमेल anesasbelgium@gmail.com मा पठाउन सकिने छ।

1 COMMENT

Comments are closed.