महाधिवेशन प्रतिनिधि छनौट प्रकियामा पोर्चुगलका काँग्रेसी बीच बिबाद


लिस्वोन । नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा जनसम्पर्क समिति पोर्चुगलबाट प्रतिनिधि छनोटमा बिबाद देखिएको छ। तीन जना महासमिति सदस्य सहित सात जना महाधिवेशन प्रतिनिधि छनौटमा असन्तुष्टि देखिए पछि बिबाद सतहमा देखिएको हो।

कार्यसमितिको १३ फेब्रुअरीमा बसेको बैठकको निर्णय अनुसार १४ तारिख बिहान आठ बजेदेखि बेलुका आठ बजेसम्म महाधिवेशन प्रतिनिधिको उम्मेद्वारी आहृवान गरिएको थियो । त्यस्तै १६ जनाको उम्मेदवारी परेको जानकारी जनसम्पर्क समितिको फेसबुक पेजमा प्रकाशित गरिएको थियो ।

तोकिएको समय भित्र उम्मेदवारी दर्ता गराउनेहरुमा अमृत प्रसाद गुरुङ, खेमराज रानाभाट, विनोद घिमिरे, चिज कुमार तामाङ्ग, भानु सापकोटा, मुक्तिनारायण श्रेष्ठ, राजकुमार गौतम, नारायण प्रसाद सापकोटा, कुबेर कार्की, पुरुषोत्तम सुवेदी ,शुशिल शर्मा गैरे, काजी शेर्पा,भिम केसी कमल, सुर्य बहादुर हमाल, सुरेन्द्र अमागाई र तिलक गैरे थिए ।

उम्मेदवारी दर्ताको समय शुरु हुनु भन्दा आठ घण्टा अगाडि समितिका वर्तमान सभापति लक्ष्मीप्रसाद सापकोटा र संस्थापक सभापति पूर्णबहादुर हमाल निर्विरोध महासमिति सदस्य सहित रहने गरी महाधिवेशन प्रतिनिधिमा चयन भएको खबर बाहिर आएपछि समितिमा असन्तुष्टि देखा परेको हो।

नेपाली कांग्रेसको विधान अनुसार पाँचसय क्रियाशील सदस्य पुर्‍याएको जनसम्पर्क समितिलाई करिब एक निर्वाचन क्षेत्र बराबर मानेर समितिको सभापति स्वतः पदेन महाधिवेशन प्रतिनिधि रहने व्यवस्था छ तर महासमिति सदस्य स्वतः पाउने व्यवस्था छैन ।

तर समितिको सभापति सापकोटालाई पनि उम्मेदवारी दिने समय सुरु हुनु भन्दा आठ घण्टा अगाडी नै महासमिति सदस्य सहित रहने गरी महाधिवेशन प्रतिनिधि भएको घोषणा समितिको फेसबुक पेजमा उल्लेख गरिएको असन्तुष्ट पक्षको आरोप छ ।

घटनाको बारेमा कांग्रेस केन्द्रिय कार्यालयमा बुझ्दा क्रियाशील सदस्यहरुको भेलाबाट निर्वाचित प्रतिनिधिलाई मात्र मान्यता दिईने भन्ने व्यहोराको परिपत्र सबै जनसम्पर्क समितिलाई गरिसकेको जानकारी भएको छ ।

1 COMMENT

  1. Ethinical , regional and political thinking or associations very harmful in abroad . They creat clashs and querrels as well nepalese unity. We are reading such cases in Europe.

Comments are closed.