– रोजी लाबुङ (राई )
चाहेको हैन तिम्रो घरबारै उजाड्न मैले
खोजेको हैन तिम्रो काँख र साथ मैले
चाहान्न तिम्रो जिवनमा मधुमास ल्याउन
तिम्रै यादमा खुसी छु म ज्युँन
चाहान्थे बुझ्न तिम्रो मन भित्रको कुरा
गल्ती के थियो र घात दिई रोप्यो छुरा
आखिर मागेको थिएन मैले घाम र जुन
खोजेको थिईन सागर भित्रको मोति छुन
मायाको भिख त मागेको थिए खुसी हुन
अतितको घाऊ आलै छ यो मनमा
दिलको दाग कहाँ देखिन्छ र तनमा
फाटेको मन सिलाउन जाऊ म कहाँ
भेटीनछन् आखिर सबै स्वार्थी यहाँ
खेलबाड हुन्छ सँधै कोमल मन छ जहाँ
चले को नै थियो एक्लै यो दिनरात
सुन्य थियो जिवन कोहि थिएन साथ
नाटक गरी समाउन खोज्यो मेरो हात
जाल रची अाखिर टेक्यो मेरो माथ
गिरायौ अनि फसायौ लुटीए सबैको माँझ
चुपचाप सहि रहे लगायौ फगतमा खोट
महलम लगाऊँन खोजे भित्र थियो चोट
तिम्रो मात्र मन हैन मेरो पनि मनै होत
पहिरेर मात्र हुँदैन देखावटी सुन्दर कोट
खोले पछि पो देखिन्छ त शरीरको बनावट
लुकाएको रहेछौं तिम्रो बास्तबीक रुप
बाले जस्तो गरी रह्यौ मनमन्दीरमा धुप
झुठो साईनो जोडी बसौ भन्यौ गुपचुप
समाजको सामु चोखो बन्न खोज्यो खुद
भएभरको आरोप लगायौ सबै को सामु मै भए झुट
हाँसो मैं उडाई दियौ मेरो चहानालाई
टुक्राएर के पायौं र मेरो भावनालाई
कोट्याउन खोज्यो मेरो बिगतलाई
क्षणभर मै जलायौ मेरो बर्तमानलाई
लथालिंग भताभुंग बनायौ मेरो भविष्यलाई
बुधबारे -५
झापा नेपाल
हाल – यु . के